बालबालिकाको क्षेत्रमा काम गर्न प्रदेश सरकार तयार छ–मुख्यमन्त्री पौडेल
हेटौंडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बालबालिकाको क्षेत्रमा आफहरु काम गर्न तयार रहेको वताउनु भएको छ । प्रारम्भिक बाल विकासका लागि सङ्घीय सांसदहरुको सहकार्य समन्वय समूहको आयोजनामा ‘‘प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।

बालबालिका प्रति प्रदेश सरकार सचेत रहेको वताउनुभयो । प्रदेश सरकार सवैका लागि नयाँ सरकार रहेकाले परिवर्तनको दिशामा कामगर्न आफुहरु तयार रहेको वताउनुभयो । बाबालिको क्षेत्रमा काम गर्नका लागि प्रदेश सरकारले कानून निर्माण गरेको र कार्यान्वयनको चरणमा रहेको मुख्यमन्त्री पौडेलले वताउनुभयो । कानून र जनसक्तिको अभावमा पनि प्रदेश सरकारले काम गरिरहेको उहाँले वताउनुभयो । हरेक काम गर्दा परिणममुखी काम गर्नका लागि उहाँले निर्देशन समेत दिनुभयो ।
बालबालिकाको क्षेत्रमा कानून वनाउँदा कार्यान्वयनमा जटिलता छ –सामाजिक विकास मन्त्री दुलाल
प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले बालबालिकाको क्षेत्रमा कानून वनाउँदा कार्यान्वयनमा जटिलता रहेको वताउनुभएको छ ।

बालबालिकाको विषयमा तीनै तहका सरकारको साझा सूचि समेत रहेको वताउँदै उहाँले भन्नुभयो–‘बालबालिकाको क्षेत्रमा हाम्रो अधिकार भनेको ब्रोसर, अपील, वनाएर टाँस्ने सम्मको मात्र अधिकार छ । प्रदेश सरकारले कानून बनाएर पनि कार्यान्वयनमा जटिलता छ ।’ प्रारम्विक बालविकासका क्षेत्रमा प्रदेश सरकार संग धेरै खालका अपेक्षा नगर्नका लागि उहाँले आग्रह गर्नुभयो ।
संघीय सांसद सत्य पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद सीता कुमारी पौडेल, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका संस्थापक अगाथा पाख्रिन थापा, राष्ट्रिय सभाका सदस्य डाक्टर विमला राई पौड्याल, प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु, बिभीन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतकाको सहभागिता रहेको थियो ।







