हेटौंडा १९ को वजार क्षेत्रमा सिसि क्यामेरा

नगरको सुरक्षाका लागि सिसि क्यामेरा महत्वपूर्ण–मेयर महत
जनपत्र
२६ कार्तिक २०७६, मंगलवार १८:४९

हेटौंडा । हेटौडा उपमहानगरपालीका वडा नम्बर १९ को बजार क्षेत्रमा सिसि क्यामेरा जडान गरीएको छ । वडाको सुरक्षा स्थीति मजबुद बनाउने उदेश्यले जडान गरीएको सिसि क्यामेराको आज हेटौडा उपमहानगरपालीकाका प्रमुख हरी बहादुर महतले उद्घाटन गर्नु भएको हो ।

वडामा १४ वटा सिसि क्यामेरा जडान गरीएको र अब केहि दिनमा नै दुइ वटा थप गरीने वडा कार्यालयले जानएको छ ।

सात लाख लगानिमा जडान गरीएको सिसि क्यामेराको साँचो आज कार्यक्रमका बिच महतले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेस कुमार सिंहलाइ हस्तान्तरण गर्नुभयो ।

वडामा जडान गरीएको सिसि क्यामेराले नगरको शान्ति सुरक्षामा उल्लेख्य भुमिका निर्बाह गर्ने कार्यक्रमका प्रमुख अतिथि महतले बताउनु भयो । साथै नगरको शान्ति सुरक्षामा उपमहानगरपालीकाले खर्च गर्न नहिच्कीचाउने बताउदै नपुग पैसा उपमहानगरले हाल्ने बताउनु भयो । विकास निमार्णको कार्यमा हेटौडा उपमहानगरपालीका अग्र स्थानमा रहेको महतले दाबी गर्नु भयो ।
कार्यक्रममा वडा नम्बर १९का वडा अध्यक्ष नवराज सुबेदीले सिसि क्यामेरा जडानको कारण वडामा हुने बिभिन्न नराम्रा कामको अन्त्य हुने बताउनु भयो ।
यसैबिच जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेश कुमार सिहंले सिसि क्यामेराको सुरक्षाको लागी प्रहरी परीचालन गर्ने बताउनु भयो । नगरमा शान्ति सुरक्षाको लागी सिसि क्यामेराले राम्रो भुमिका निर्बाह गर्ने बताउदै प्रहरीलाइ हस्तान्तरण गरीएको साँचोको रक्षा गर्ने प्रतिबद्धता जनाउनु भयो ।

सात लाख लगानिमा जडान गरीएको क्यामेराको लागी हेटौडा उपमहानगरपालिकाले एक लाख, १९ नम्बर वडा कार्यालयले ३ लाख, क्रसर ब्यबसायीहरुले ७० हजारका साथै समुदायले एक लाख २५ हजार रुपैया सहयोग गरेका छन । बस्तिपुर पुलचोक टोल बिकास सस्थाकि अध्यक्ष अन्जु पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला ट्राफीक कार्यालय मकवानपुरका प्रमुख हरी बिष्णु ढकाल ससस्त्र प्रहरी बल हेटौडाका प्रमुख बिकास घिमिरे,तिन नम्बर वडा अध्यक्ष राम कुमार पुडासैनि लगायत १७ वटा टोल बिकास सस्थाका प्रतिनिधिका साथै स्थानियहरुको उपस्थीति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*