कालापानी नेपालको र लिपुलेक तीन देशको केन्द्र हो–काग्रेश सभापति देउवा

दुईतिहाई सुन्दासुन्दा देउवा दिक्क !
जनपत्र
२६ कार्तिक २०७६, मंगलवार १६:३८

हेटौंडा । नेपाली काग्रेशका सभापति शेरवहादुर देउवाले भारतीय नक्सामा देखिएको भनिएको कालापानी नेपालको भएको वताउनु भएको छ । नेपाली काग्रेश केन्द्रीय नीति तथा अनुसंधान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा आयोजित महाधिवेशन प्रतिनिधिहरुका लागि हेटौंडामा सुरु गरिएको तीन नम्बर प्रदेश स्तरको कार्यक्रमको आज हेटौंडामा उद्घाटन् गर्दै उहाँले कालापानी नेपालकै भएको वताउनुभयो ।

राजा महेन्द्रले भारतलाई दिएको भन्ने सुनिएपनि कालापानी नेपालकै भएको वताउनुभयो । यता लिपु लेक भने तीन देशको केन्द्र विन्दु रहेको वताउनुभयो । नेपाल, भारत र चिनको केन्द्रविन्दु लिपुलेक रहेको उहाँले वताउनुभयो । सिमा समस्याको विषयमा मित्र राष्ट्र भारत संग बार्ता गरेर टुङ्गो लगाउनका लागि काग्रेश सभापति देउवाले आग्रह गर्नुभएको छ ।

भारतसंग सिमा विवादका कुरा समाधान गर्न दंगा मार्फत हुन्न बार्ता गर्नुपर्ने वताउनुभयो । नेपाली जनताको घरमा वाटो पुर्याउन नसकिरहेको अवस्थामा पानी जहाज र रेल ल्याउने कुरा लज्जासपद भएको उहाँले वताउनुभयो । नेपालमा संकटको अवस्था रहेको वताउँदै उहाँले भन्नुभयो–‘अन्तरास्ट्रिय स्तरमा घेरामा परेको छ नेपाल । देशको प्रजातन्त्र लोकतन्त्रमा आघात पुग्ने काम कुनै हालतमा हामी सहने छैनौ लडेर भयपनि अस्तित्वको जगेर्ना गर्दछौ ।’

नेपाली काङ्ग्रेसले चुनाव कसरी जित्ने कुरामा ध्यान दिनुपर्ने वताउँदै भन्नभुयो–‘अव भाषण गरेर हुँदैन चुनाव जित्नका लागि सवै लाग्नुपर्छ । चुनाव जितेरै कम्युनिष्टहरू शक्तिशालि भयको कुरालाइ स्विकार्नुपर्छ ।’ नेपालमा अहिलेको अवस्थामा प्रजातन्त्र कमजोर अवस्थामा रहेको सभापति देउवाले वताउनुभयो ।

पार्टी एक ढिक्का भएर हिड्नका लागि उहाँले नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिनुभयो । अहिले देशमा लम्पसारवाद भएको उहाँको भनाई छ । दश वर्षको जनयुद्ध भनेकोमा देउवाले आक्रोस व्यक्त गर्दै मान्छे मारेर कसरी जनयुद्ध हुन्छ भनेर आफ्नै नेताहरु प््रति कार्यक्रममा आक्रोस व्यक्त गर्नु भएको थियो ।

दुईतिहाई सुन्दासुन्दा देउवा दिक्क !

‘दुई तिहाईको कम्युनिस्ट सरकार…’ भन्ने नेपाली कांग्रेसका नेता कार्यकर्ताको मुखमा झुण्डिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारको आलोचना गर्दा धेरै नेताहरु यहीबाट सुरु गर्छन् ।

मंगलबार हेटौंडा भएको कार्यक्रममा पनि वरिष्ठ नेता रामचन्द्र पौडेलल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले सरकारको आलोचना गर्दा दुई तिहाई भन्न छुटाएनन् । तर कांग्रेस सभापति शेरबहादुर देउवा भने दुई तिहाई सुन्दासुन्दा दिक्क भइसकेका रहेछन् । त्यसैले मञ्चमा पुग्नासाथ भडि्कए ।

अझै प्रशिक्षण पुगेको छैन’ निकै आक्रमण रुपमा प्रस्तुत भएका उनले भने, ‘दुई तिहाई, दुई तिहाई । सबैलाई थाहा छ त, किन सम्झाउनुपर्‍यो दुई तिहाई ।’

‘मलाई त दिक्क लागिसक्यो’ उनले यसो भने । पार्टी सभापतिले अनपेक्षित विषयमा आक्रोस पोखेपछि प्रशिक्षणमा सहभागी नेता कार्यकर्तामाझ भने हाँसो छुटेको थियो ।

देउवाले जनयुद्ध शब्द प्रयोग गरेकोमा समेत आक्रोश पोखे । ‘ओलीले कहिल्यै जनयुद्ध भन्दैन । हामीलाई किन जनयुद्धजनयुद्ध भन्नुपर्ने रु’, उनले भनेका छन् ।

त्यो जनयुद्ध नभइ द्वन्द भएको उनले बताए । जनयुद्ध भन्ने हो भने सेना मारेको, कांग्रेस नेता कार्यकर्तालाई मारेको सही भन्नुपर्ने सभापति देउवाको धारणा थियो ।

देउवा भन्न मन नलागे कांग्रेस भन्नुस्

उनले अब भाषण गर्नेभन्दा पनि कसरी चुनाव जित्ने भनेर तालिम दिनुपर्ने बताएका छन् ।

सभापति देउवाले कांग्रेसलाई जिताए ६५ वर्षमा नै वृद्धभत्ता दिन्छौं भन्न नेताहरुलाई सुझाए । देउवा नेतृत्वको चुनावी सरकारले ६५ वर्षमा नै वृद्धभत्ता दिने निर्णय गरेको थियो, जुन निर्णयलाई चुनावपछि बनेको सरकारले खारेज गर्‍यो ।

देउवाले भने, ‘मैले त ६५ गरेकै हो नि । शेरबहादुरको नाम लिन अप्ठ्यारो पर्छ भन्ने कांग्रेस सरकारले भन्न सक्नुहुन्छ । तर ६५ वर्षमा ९वृद्धभत्ता दिने० गर्छौं भन्नुस् न ।’

त्यसअघि बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने नेकपा सरकारले दुई हजार वृद्धभत्ता दिएपनि कांग्रेसले २० वर्ष आयु दिएको भन्दै कुन ठूलो भन्ने प्रश्न गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*