हेटौंडा र राक्सीराङमा २१ विगाहा क्षेत्रफलमा गाँजा फडानी, गाँजा फडानी गर्न ससस्त्र र जनपथ प्रहरी परिचालन

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएका ६० जनाको टोलि तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर१४ गण हेटौडा मकवानपुरबाट सशस्त्र प्रहरी निरीक्षक फल बहादुर थापाको कमाण्डमा खटिएका २१ जनाको टोलीले मकवानपुरका विभीन्न स्थानमा गाँजाको फडानी गरेको हो ।
विभिन्न ४ वटा टोलिमा विभाजन गरी खटाईएकोमा उक्त टोलिले लागुऔषध गाँजा तथा अफिम खेती फडानी एवं अवैध उत्पादन संचय तथा ओसारपसार नियन्त्रणको लागि विशेष अभियान संचालन गरी कार्यान्वयन गर्ने सम्बन्धमा तालुक कार्यालयहरुबाट भएको निर्देशानुसार मकवानपुर जिल्लाको लागूऔषध अति प्रभावित राक्सिराङ गाउँपालिकाको विभिन्न वडा एरियामा अवैध रुपमा लगाईएको गाँजा नष्ट गरिएको हो ।
मकवानपुर प्रहरीले जिल्ला बिभीन्न मितिमा गरेको गाँजा फडानी यस प्रकार रहेको छ ।
१० मिति २०७६।०७।२४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा ३० जनाको दुई टोलि र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौडा हेड क्वाटरक्वाबाट सशस्त्र प्रहरी निरीक्षक फल बहादुर थापाको कमाण्डमा खटिएको ७ जनाको संयुक्त टोलिले जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नम्बर १ घ्याङ्सिङटार र खोलाटार क्षेत्रमा ११ बिगाहा लागूऔषध गाँजा फडानी गरि नष्ट ।
२० मिति २०७६।०७।२४ गते जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायव निरीक्षक बिगनेश झाको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौडा हेडक्वाटरबाट खटिएको ७ जनाको संयुक्त टोलिले जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नम्बर ४ यदुखोला क्षेत्रमा अन्दाजी ३ बिगाहा लागूऔषध गाँजा फडानी गरि नष्ट ।
३० मिति २०७६।०७।२३ गते ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट प्रहरी नायव निरीक्षक राजेन्द्र बहादुर आलेको कमाण्डमा १५ जना र सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेटौडा हेड क्वाटरबाट खटिएको ७ जनाको संयुक्त टोलिले जिल्ला मकवानपुर राक्सिराङ गाउपालिका वडा नम्बर ७ बान्द्राङ क्षेत्रमा अन्दाजी ७ बिगाहा लागूऔषध गाँजा फडानी गरि नष्ट ।