प्रदेश सरकारले कागज उद्योगमा आत्मनिर्भर बन्ने योजना अघि सार्यो–मन्त्री नेपाल

२ अर्ब वा सो भन्दा बढी लागतमा स्थापना गर्न लागिएको कागज उद्योगमा सरकार, निजि क्षेत्र र सहकारीको लगानीमा सम्पन्न गरिनेछ ।
जनपत्र
२३ कार्तिक २०७६, शनिबार १७:३३

प्रदेश नम्बर ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपालले ( प्रदेश सरकारले कानुन निर्माण गर्दा सबै सरोकारवालाहरुको सुझाव लिएको वताउनुभएको छ । विभिन्न चरणको छलफलको आयोजना गरेको छ र सबैले अपनत्व महसुस गर्नेगरी कानुन निर्माण गरेको वताउनुभयो ।

नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २० औं साधारण सभाको आज वल्ड ट्रेड सेन्टर, त्रीपुरेश्वरको सभाहलमा उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले कागज उद्योगमा आत्मनिर्भर बन्ने योजना अघि सारेको वताउनुभएको छ ।

२ अर्ब वा सो भन्दा बढी लागतमा स्थापना गर्न लागिएको कागज उद्योगमा सरकार, निजि क्षेत्र र सहकारीको लगानीमा सम्पन्न गरिने मन्त्री नेपालले वताउनुभयो ।

प्रदेश सरकार मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ लगायत अन्य सरोकारवालाहरुसँग सहकार्य गरि आफ्ना परियोजना सफल बनाउन तयार रहेको वताउनुभयो ।

आयात प्रतिस्थापन, रोजगारीको सिर्जना गर्न प्रदेश सरकार उद्योगमैत्री र उद्योगीमैत्री प्रदेश निर्माण गर्न ठोस योजनाको साथ अघि बढेको वताउँनुभयो । त्रीपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले शैक्षिक क्षेत्रको सुधार हाम्रो प्रमुख आवश्यकता रहेको वताउनुभयो । शैक्षिक क्षेत्रको एक साझेदार नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघले लगानी र योगदान गरेकोमा संघ र यसमा आबद्ध सबैको योगदानको प्रशंसा गर्नु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*