सहकारीले उत्पादन क्षेत्रमा लगानी गर्नुपर्छ–मेयर महत

जनपत्र
२३ कार्तिक २०७६, शनिबार १४:४०

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सहकारीको लगानी उत्पादनको क्षेत्रमा लगाउनुपर्ने वताउनुभएको छ । युसेस वचत तथा ऋण सहकारी संस्था लिमिटेडको दशौं वार्षिक साधारण सभाको अवसरमा कार्यक्रमका प्रमुख अतिथी मेयर महतले सहकारी स्थानीय मातहत आएकाले यसलाई व्यवस्थीत ढंगले संञ्चालन गर्न लागिएको वताउनुभयो ।

सहकारीले राम्रा काम गर्नका लागि उहाँले सुझाव समेत दिनुभयो । सहकारीका अध्यक्ष उत्तम शर्मा ढकालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका आर्थिक साखाका प्रमुख रामकृष्ण थापा, उपमहानगरपालिका न्यायीक समितिका सदस्य इन्द्र नेपाल लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*