प्रदेशको नमुना कार्यक्रम प्रभावकारी वनाउने मन्त्री दुलालको भनाई

जनपत्र
२० कार्तिक २०७६, बुधबार १८:३२

हेटौंडा । सामाजिक विकास मन्त्रालय प्रदेश ३ ले अघि सारेको एक विद्यालय, एक नर्स कार्यक्रम अन्तर्गत आजबाट ९३ जना विद्यालय नर्सलाई नियुक्तीसँगै कार्यक्षेत्रमा खटाइएको छ ।

गत आर्थिक वर्ष २०७५।०७६ मा नमुना योजनाका रुपमा अघि बढाइएको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम अनुसार मन्त्रालयले बुधबार लिखित, मौखिक र अनुभवका आधारमा सफल भएका विद्यालय नर्सलाई कार्यक्षेत्रमा खटाएको हो । गत आर्थिक वर्ष नमुना योजनाको रुपमा २० विद्यालयमा नर्स खटाइएको थियो ।

पाँच सय भन्दा वढी प्रतिस्पर्धीहरुलाई उछीन्दै ९३ जना नर्स छनौट गरिएको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले वताउनुभयो । आठ सय भन्दा वढीको आवेदन परेको र पाँच सय जना भन्दा वढीले लिखीत परिक्षा उत्रीण गरेकाले उनीहरुबाट पनि दक्षलाई प्राथमिकता दिएर ९३ जना छनौट गरिएको मन्त्री दुलालले वताउनुभयो ।

कार्यक्रम सफल र प्रभावकारी भएसँगै मन्त्रालयले हाल ९३ जना विद्यालय नर्सलाई कार्यक्षेत्रमा खटाइएको छ । बाँकी ८ जनाका लागि अपूग स्थान छनोट गरेर खटाइने तयारी गरिएको स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री युवराज दुलालले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी हुने दाबी गर्नुभयो । दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने बताउनुभयो ।

स्वस्थ जीवनशैली निर्माणका लागि यो कार्यक्रम सुरु गरिएको मन्त्री दुलालको भनाइ छ । बिद्यालयबाटनै स्वस्थ नागरिक उत्पादन गर्ने उदेश्यका साथ यो कार्यक्रम ल्याइएको उहाँले वताउनुभयो । प्रदेश सरकारले सामुदायिक र संस्थागत विद्यालयमा एक विद्यालय एक नर्स राख्न लागिएको वताउनुभयो । यो प्रदेशको नमुना कार्यक्रम रहेको वताउँदै मन्त्री दुलालले भन्नुभयो–‘बिद्यालयमा स्वस्थ रहनका लागि व्यवहारीक कुरा सिकाउन यो कार्यक्रम प्रभावकारी वन्ने छ । बिद्यालय नर्सले गर्दा शिक्षालाई पनि सपोर्ट पुगेको छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*