‘प्रदेशका स्थानीय तह र वन संग सहकार्य गरेर शान्तिपार्क निर्माण गरिन्छ’–मुख्यमन्त्री पौडेल

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका स्थानीय तह र सामुदायिक वन संग सहकार्य गरेर शान्ति पार्क निर्माण गर्ने वताउनुभएको छ ।
बुधबार हेटौंडामा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भएको स्थानिय तहसंगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्तावित कार्यविधि सम्वन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले पर्याप्त जग्गा नहुदाँ विभिन्न कामहरु रोकिएको बताउनुभयो ।
प्रदेश ३ को सबै स्थानिय तहमा शान्तिपार्क बनाउने योजना अनुरुप जादाँ प्रदेश सरकारले तयार पारेको पार्कको मापदण्डमा रहि काम गर्दा उपयुक्त जग्गा नभएकोले ठुलो समस्या रहेको बताउनुभयो ।
यस्ता समस्याले गर्दा पार्क नबने अवस्था समेत सिर्जना हुने अवस्था रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले पार्कको लागि सार्वजानिक जग्गा चाहिने र त्यस्ता जग्गा वन संग जोडिएकोले निर्माण कार्यमा समस्या आउने गरेको छ । अब हामी सबै स्थानिय तह सामुदायिक वन संग सहकार्य गरि काम गरिनुपर्ने देखिन्छ । सामुदायिक वनको कार्ययोजनामा नै पार्क बनाउने भनि प्रस्ताव गरि सहकार्यमा काम गरिनुपर्ने छ ।’
पार्क बनाउदाँ सबैको एकरुपता नहुने तर, शान्ति पार्कको प्रतिकको रुपमा चाहीँ एउटै हुनुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभयो । द्धन्दमा मारिएका शहिदहरुको सम्झनामा पार्क बनाउने अवधारणा रहेको उहाँले वताउनुभयो । कार्यक्रममा प्रदेश ३ का विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका मन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
पर्याप्त जग्गा नभएकाले काम गर्न समस्या भएको स्थानीय तहका प्रमखहरुको गुनासो
प्रदेश ३ का स्थानिय तहका प्रमुखहरुले पर्याप्त जग्गा नभएकोले विभिन्न समस्या भोगिरहेको आजको कार्यक्रममा बताएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको स्थानिय तहसंगको साझेदारीमा सञ्चालन हुने कार्यक्रमको प्रस्ताविक कार्यविधिमा अन्तरक्रिया कार्यक्रममा बोल्दै धुनबेँसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले स्थानिय तहको लागि उपयुक्त जग्गा नभएकोले धेरै समस्या रहेको बताउनुभयो ।
जग्गा खरिदको लागि बजेट छुट्याउदाँ पनि खरिद गर्न नसकेको वताउँदै जग्गा महँगीले गर्दा र अलि सस्तो भेट्दा वन संग जोडिएकोले खरिद गर्न गाह्रो भएको जानकारी गराउनुभयो । प्रदेश ३ सरकारले जग्गा किन्न सक्ने वातावरण बनाउन आग्रह गर्नुभयो । पार्क बनाउदाँ पुस्तकालय र सानो संग्रहलायको पनि निर्माण गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै किर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले शान्ति पार्क निर्माण कार्य्विधि माथी टिप्पणी गर्दै भौतिक संरचना भवनको मापदण्ड एउटै बनाउनुपर्ने बताउनुभयो । नगरपालिकाको हकमा ५ रोपनीमा ३ वटा हल चाहिने भनिएकाले त्यो कुरामा असहमत रहेको र पछि समस्या आउने बताउनुभयो ।
उनले प्रदेश ३ को सबै स्थानिय तहमा शान्ति पार्क बनाउने योजना अनुरुप जादाँ प्रदेश सरकारले तयार पारेको पार्कको मापदण्डमा रहि काम गर्दा उपयुक्त जग्गा नभएकोले ठुलो समस्या रहेको बताउनुभयो । सहभागिहरुले शान्ति पार्कमा बुद्धको विषयमा केहि जानकारी दिने उद्देश्यले सामाग्रीहरु राखिनुपर्ने समेत सुझाव दिएका थिए ।
अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव वेदप्रसाद पौडेलले शान्ति पार्क निर्माण कार्यविधि र मापदण्ड २०७६, स्थानिय तहसंग सुरक्षा व्यवस्थापन साझेदारी सम्बन्धी कार्यविधि, २०७६ र इजलाश निर्माण सम्बन्धी कार्य्विधि, २०७६ प्रस्तुत गरि छलफल गरिएको थियो ।
कार्यक्रममा प्रदेश ३ का सभासद्, प्रदेशका प्रमुख सचिव, प्रदेश ३ का विभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।