प्रदेश ३ को प्रमुखमा बिष्णु प्रसाईं

जनपत्र
१८ कार्तिक २०७६, सोमबार १८:५९

हेटौंडा । सरकारले प्रदेश नम्बर ३ का प्रदेश प्रमुखमा बिष्णु प्रसाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ । झापा आन्दोलनमा लागेका प्रसाईलाई आज प्रदेश ३ को प्रमुखमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेसंगै प्रदेश ३ मा भने प्रसाईंलाई नियुक्त गर्ने भएको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम सिफारिस गरेको हो ।

यसअघि आजै बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले प्रदेश प्रमुखहरुको नाम टुंगो लगाएको थियो । सचिवालयले टुंगो लगाएको नाम प्रदेश प्रमुखमा नियुक्ति गर्न सरकारलाई सिफारिस गरेको थियो । प्रदेश टुंगो नलगाई सचिवालयले नाम सिफारिस गरेको भए पनि मन्त्रिपरिषद् बैठकले यसबारेमा टुंगो लगाएर नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले सोमनाथ अधिकारी प्यासीलाई प्रदेश नम्बर १ को प्रमुखमा सिफारिस गरेको छ । त्यस्तै प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा बिष्णु प्रसाईँ, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूर पश्चिम प्रदेशमा शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषद्ले गरेको सिफारिसबमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्नु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*