हेटौंडामा करेन्ट लागेर पौडेलको मृत्यु

हेटौंडा । हेटौंडामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नम्वर १३ पदमपोखरी बस्ने ३० वर्षीय रामबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमीत्त प्रहरी प्रमुख एज्ञ प्रसाद भटराईले जानकारी दिनुभयो ।
उनलाई आज बिहान करिब साढे ११ बजेको समयमा हेटौँडा–११ थानाभर्याङस्थित रहेको सीता होटलमा काम गरिरहेको बेला करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाईते भएका उनको उपचारका लागि चुरेहिल हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।