तराई र पहाडीया मिलेर हेटौंडाको रापतीमा छट मनाउने तयारी

जनपत्र
१६ कार्तिक २०७६, शनिबार १२:२६

हेटौंडा । हेटौंडाको रापती तट निकै सिगारीएको छ । हेटौंडाको रापतीरोड देखिनै आज भव्य रुपमा छटपुजा मनाउनेका लागि सिगारीएको हो । हेटौंडाको रापती खोलामा तराईमुलका वासीन्दा र पहाडीया मुलका वासीन्दाहरु एक आपसमा मिलेर भव्य रुपमा छटपर्व मनाउने तयारी गरेका छन् । यसको सबैजसो तयारी पुरा भएकोृ छटपुजा समारोह समिति मकवानपुरले जनाएको छ ।

हेटौंडामा हर्षोल्लासपूर्वक छठ पर्व मनाइँदै छ । परिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । छठ पर्वको आज मुख्य दिन हो ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिन हेटौंडाको रापतीखोलामा बनाइएको घाटमा दिउसो देखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छ ।

त्यस्तै प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, बेसार, अदुवा एवं विविध प्रकारको मिठाई तथा फलफूल सूर्य देवता अर्थात दिनानाथलाई चढाउने गरिन्छ ।

अर्घ्य दिने व्रतालु ४८ घण्टासम्म पानी पनि नखाइ उपवास बस्ने गर्दछन् । छठ पर्वमा सूर्य भगवान अर्थात दिनानाथलाई अर्घ्य दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ ।

यतिबेला सूर्यलाई अर्घ्य दिन मिथिलाञ्चलको नदी, तलाउ, पोखरी, इनारलगायतको जलाशयको किनारमा घाट बनाएर विशेष रुपले सिँगारिएको छ । रापतीखोलामा लगाइएको झिलिमिली बत्तीले रातिको समयमा झनै मनमोहक देखिन्छ ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ्य दिन लगेको पूजा सामग्रीसहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन् । बिहानपख सूर्य उदाउनु केहीबेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ्य दिने गर्दछन् ।

उदाउँदो सूर्यलाई अर्घ्यको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन् । छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पुर्याइदिने मिथिलाञ्चलमा प्रचलन छ ।

छठ पर्वमा विभिन्न स्थानमा सांस्कृति कार्यक्रमहरु पनि आयोजन हुने गर्दछ । छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिईन्छ । पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडमा समेत मनाउन थालिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*