हेटौंडामा हत्या गरेको आसंकामा एक जना पक्राउ

हेटौंडा १० टिसेनरोडमा एक जनाको हत्या गरिएको आसंकामा एक जनालाई प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ । टिसिएनरोडमा एक जना मृत अवस्थामा शव फेला परेपछी हत्या गरिएको आसंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । हेटौंडा–१० टिसेनरोडस्थित अनमोल होटल अगाडि एक घरमा मृत अवस्थामा एक पुरुषको शब फेला परेको थियो।
मुतक हेटौंडा १० मै केशरी कम्युनिकेसन संचालन गर्दै आएका भारत पुर्वि चम्पारन विहार बस्ने २४ बर्षीय रवि केशरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञ प्रसाद भट्टराईले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट निरीक्षक सुरेन्द्रश्रेष्ठ र वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरीक्षक ईश्वरी प्रसाद भण्डारीको टोलिले घटनाको अनुसन्धान गरिरहेको र घटनामा संलग्न भएको आशंकामा एकजनालाई मकवानपुर प्रहरीले पक्राउ गरिसकेको प्रहरीले जनाएको छ।