मनकामना मन्दिर जाने सडकमा स्लाव ढलाई सुरु

जनपत्र
१६ कार्तिक २०७६, शनिबार ०९:५१

हेटौंडा । हेटौंडा–५ मनकामना जाने सडकलाई पक्की निर्माण गर्न आज सिलान्यास गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले मनकामना मन्दिर जाने सडकको शिलान्यास गर्नुभयो ।

हेटौंडाको सिंचाइटोलबाट मनकामना उक्लने सडकको गतवर्ष निर्माण भएपनि पुरा हुन सकेको थिएन । तर, यसवर्ष मनकामना सम्म पुग्ने सडक पुरा गर्ने उदेस्यले रकम छुट्याएर काम सुरु गरिएको मेयर महतले वताउनुभयो । कुल ४३ लाख ५० हजार रुपैयाँ लागतमा मनकामना जाने सडकमा आजबाट स्लाव ढलान गर्न सुरु गरिएको हो । त्यस मध्यमा ३४ लाख ७० हजार रुपैयाँ उपमहानगरपालिकाबाट र अरु जनश्रमदानमा काम गर्न लागिएको हो ।

पक्की सडक नहँदा बषौदेखि हेटौंडा वजार ओहोर दोहोर गर्नका लागि समस्या भोग्दै आएपनि अव भने यो समस्या समाधान हुने गरी काम गर्न लागिएको मेयर महतको भनाई छ । गत वर्ष पनि उपमहानगरपालिकाले यस सडकमा रकम खर्च गरेर स्लाव ढलान गरेको थियो । चालु आर्थिक वर्षको वजेटमा अहिले ६ सय १७ मिटर लम्वाइ र ४ मिटर ३० सेन्टीमिटर चौडाईमा स्लाव ढलान निर्माण गर्न लागिएको मेयर महतले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*