एसिड प्रहार गरी भागेका केशरी पक्राउ गर्न एसपी खनालको सक्रियता

हेटौंडा । मकवानपुरमा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दा पत्रकारहरुसंगको अन्तरक्रीयाबाट एसपी विकासराज खनालले युवतीलाई एसीड छ्यापेर भागेका फरार अभियुक्तबारे सूचना पाएका थिए । त्यहीबेला अभियुक्त दिलीपराज केशरीलाई पक्राउ गर्ने खनालको योजजना थियो । तर निर्वाचनपछि लगत्तै हेडक्वाटर तानिएका खनालको उद्देश्य पूरा हुन सकेन । जब उनी बाराको प्रहरी प्रमुखका रुपमा जिल्ला प्रहरी कार्यालय बारामा आए । तब उनलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समेत यो केशको फलोअपको जिम्मेवारी दिए ।
प्रहरी महानिरीक्षकको निर्देशन, यसअघि मकवानपुर बस्दा समेत यो केशको फलोअप गरिरहेकै हुँदा अभियुक्त लुक्नसक्ने स्थानहरुका बारेमा प्रहरी उपरिक्षक खनालले केही सूचना पाएका थिए । त्यसैका आधारमा उनले प्रहरी नायब निरिक्षक सागर सम्शेर जवरालाई परिचालन गरेका थिए । निरन्तर फलोअप गर्दै जाँदा बिहीबार राती भने बारा प्रहरीले सफलता हात पा¥यो । २०७० साल बैशाख ९ गते विन्दवासीनी कंसाकारलाई आफ्नै पसलमा बसीरहेका बेला एसीड प्रहार गरीभागेका केशरी भारतमा लुकेर वसेका थिए ।
विवाह प्रस्ताव अस्विकार गरेको कारण हेटौँडा उपमहानगरपालिका–३ बस्ने विन्दवासिनी कंशाकारलाई पसलमै बसीरहेका बेला एसीड छ्यापेर भाग्ने भारतीय नागरिक केशरीलाई प्रहरीले साँढे ६ बर्षपछि पक्राउ गर्न सफल भयो । उनलाई बिहीबार राती बाराको भलोहीबाट पक्राउ गरेको बाराका प्रहरी उपरिक्षक विकासराज खनालले बताउनुभयो ।
भारत महाराजगंज अमरपुर्वन वडानम्बर ६ का राज भनिने दिलिपराज केशरीलाई आवश्यक कारवाहीका लागि बारा प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको छ । शुक्रबार मकवानपुर प्रहरीले पत्रकार सम्मेलन गरी पीडीत कंसाकारकै रोहबरमा अभियुक्तलाई सार्वजनिक गरेको हो ।
केशरीलाई मुलुकी ऐन ज्यान सम्बन्धि महलको १५ नम्बर अनुसार ५ वर्षदेखि १२ बर्ष कैद हुने कानुनी प्राबधान रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञ प्रसाद भट्टराईले बताउनुभयो । पत्रकार सम्मेलनमा पीडीत कंसाकारले ढिलै भएपनि प्रहरीले अभियुक्तलाई पक्रदा आफूले न्यायको अनुभुती गरेको बताउनुभयो । पीडीत कंशाकारले अभियुक्तलाई पक्राउ गर्ने निर्देशन दिने प्रहरी महानीरीक्षक सहीत बाराका प्रहरी, प्रहरी नायब निरिक्षक सागरसम्शेर जबरालाई समेत धन्यबाद दिईन् । पत्रकार सम्मेलनमा भावुक देखीएको कंशाकारले पीडीतलाई आक्रोश समेत पोखेकी थिईन् ।