हेटौंडाको डेरी तथा आइसक्रिम पसलमा आगलागी

हेटौंडा। हेटौंडा ५ भैरवरोडमा रहेको एक डेरी तथा आइसक्रिम पसलमा आज आगलागी भएको छ। एक्कासी आगलागी भएपनि तुरुन्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी नायव उपरिक्षक एज्ञ प्रसाद भटराईले वताउनुभयो ।
हेटौंडा ५ कान्तिराजपथबाट भैरवरोड तर्फ जाने बाटोमा निला धमलाले संचालन गरेको आसृता डेरी तथा आइसक्रिम पसलमा आगलागी भएको उहाँले जानकारी दिनुभयो ।
चिया पकाउने बेलामा ग्यासको रेगुलेटर लिक भइ आगलागी भएको र अहिले प्रहरी तथा स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आइसकेको हो ।