हेटौंडामा वस दुर्घटनामा २१ जना घाईते, २ जना गम्भिर

जनपत्र
१५ कार्तिक २०७६, शुक्रबार ०९:४१

हेटौंडा। हेटौंडा १५ रातोमाटे लच्कामा यात्रु वाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। पुर्व पश्चिम राजमार्ग अन्तर्गत रातोमाटेमा वस सडकमा पल्टँदा २१ जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।

काकडभिट्टाबाट भैरहवा तर्फ जाँदै गरेको ना ४ ख ५७०० नम्बरको मुुुुनाल यातायात प्रालिको यात्रु वाहक बस हेटौंडा १५ रातोमाटे लच्कामा दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएका हुन । बसको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

घाइते मध्ये १९ जना सामान्यउपचार पछी घर फर्किएका छन् र २ जना मध्यम रहेको र उनिहरूको हेटौंडा अस्पतालमा उपचार भइरहेको जनाइएको छ। बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*