चोरी अभियोगमा भारतमा पक्राउ परे पाँचजना नेपाली

जनपत्र
१५ कार्तिक २०७६, शुक्रबार ०६:४५

चोरीको अभियोगमा भारतको कर्णाटका राज्यमा पाँचजना नेपाली पक्राउ परेका छन् । उनीहरु सहरमा सन् २००७ देखि नै चोरीको कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् । डेकान हेराल्ड पत्रिकाको अनलाइन संस्करणले जनाएअनुसार पक्राउ पर्नेमा मंगल सिंह, मनोजबहादुर, सुदेव धामी, विशाल र विनोद कुमार रहेका छन् । उनीहरु सबै करिब ३० वर्षको उमेर समूहका रहेको जनाइएको छ । उनीहरुलाई ह्वाइटफिल्ड प्रहरी डिभिजनले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुसँगबाट ७.५ केजी चाँदी तथा साढे ४ लाख मूल्य बराबरको इलेक्ट्रोनिक गजेट पनि बरामद गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्ने सबै नेपालको बझाङ्ग जिल्लाका हुन् । उनीहरु बिदाको समयमा सहरी क्षेत्रमा आएर चोरी गर्ने गरेको प्रहरीको दाबी छ ।  पक्राउ पर्नेहरुले दिउँसो सुरक्षाको काम गर्ने र राति सहरका विभिन्न भागमा चोरी गर्न जाने गरेको प्रहरीलाई उद्धृत गर्दै पत्रिकामा दाबी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*