सिमानामा लड्ने सुस्तावासीः न नागरिकता छ, न सुरक्षा

जनपत्र
१४ कार्तिक २०७६, बिहीबार ०७:१२

सुस्ता भूमि बचाउन निरन्तर लड्दै आएका सुस्ताबासीले पहिचानको लागि नागरिकता दिन सरकारसँग माग गरेका छन्।

नेपाली भूमि बचाउनका लागि भारतीय पक्षसँग लड्ने आफूहरूलाई नेपाल सरकारले नागरिकता प्रमाणपत्र नदिएको उनीहरूले बताए। नेपालको पक्षमा लडे पनि नेपाली भएको प्रमाण आफूहरूले नपाएको उनीहरूको गुनासो छ।

‘राष्ट्रवादी बनेर नाराबाजी गर्ने मात्रै नेपाली हुन् कि? नेपाली भूमिको अतिक्रमण हुन नदिई निरन्तर सङ्‍घर्ष गर्ने सुस्ताबासी पनि राष्ट्रवादी हुन्?,’ सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खानको प्रश्न छ। सुस्ता भूमि जोगाउन सुस्ताबासी वर्षेनी भारतीय एसएसबी र भारतीय पक्षसँग लड्दै आएका छन्। तर, अहिलेसम्म नागरिकता नपाउँदा उनीहरू पहिचानविहीन बनेका छन्।

नागरिकता अभावले पहिचान नहुँदा सुस्ताबासी अहिले दोहोरो समस्यामा परेको खान बताउँछन्। भारतीयसँग सुस्ता भूमिका लागि कुरा उठाउँदा तिमीहरू नेपाली भएको पहिचान के? भन्ने प्रश्न गर्दै भारतीयले प्रमाणपत्र देखाउन चुनौती दिने गरेको उनले बताए। ‘नेपाली भनेर आफ्नो देशको भूमि रक्षाका लागि लड्ने तर आफैंसँग पहिचान नहुने कस्तो यो दुर्भाग्य?,’ उनले दुखेसो पोखे।

वि.स. २०२२ सालदेखि सुस्तामा बसोबास गरिरहेका सुस्ताबासी २०२४ सालमा ३६ घरबाट फैलिँदै अहिले २ सय ६५ घरधुरी पुगेका छन्। यहाँको जनसंख्या ३ हजार ३ सय ३१ रहेको छ। तर, अहिलेसम्म २ सय ९७ जनाले मात्र नागरिकता पाएको उनीहरू बताउँछन्। उमेर पुगे पनि अधिकांश नागरिकता पाउनबाट वन्चित हुनुपरेको सुस्ताबासीको गुनासो छ।

सरकारले सुस्ताबासीलाई नागरिकता नदिएकाले कुनै पनि सरकारी कामकाज गर्न र कारोबार गर्न कठिनाइ भएसँगै आफूहरू ठूलो सङ्कटमा परेको उपाध्यक्ष खानले बताए। ‘गृह मन्त्रालयले जन्मको आधारमा नागरिकता लिएका छोराछोरीलाई वंशजको नागरिकता दिने प्रक्रिया झन्झटिलो बनाएकाले सुस्ताबाट पछिल्लो पटक दुई जनाले मात्र नागरिकता पाए,’ उनले भने।

सुस्ता भूमि सुस्ता पञ्चायत रही साविकको त्रिवेणी गाविसको वडा ४ भई हाल सुस्ता गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने एक गाउँ हो। सुस्ता गाउँलाई गण्डक (नारायणी) नदीले घेरिएको छ। सुस्ता पुग्न एक मात्र नेपाली भूमिको बाटो गण्डक नदीमा डुंगा तरेर पुग्नुपर्छ। अर्काे बाटो भारतको विहार भैंसालोटन, भेडिहारी हुँदै जङ्गलको बाटोबाट जान सकिन्छ।

४० हजार ९ सय ८० हेक्टर क्षेत्रफलमा फैलिएको सुस्ता भूमि हाल १४ हजार हेक्टर जग्गा भारतीय पक्षबाट अतिक्रमण भइसकेको स्थानीय बताउँछन्। बचेको २६ हजार ९ सय ८० हेक्टर जग्गामध्ये भारतीय एसएसबीले कब्जा जमाउन खोजेको १९ हजार ४ सय ८० हेक्टर जग्गालाई विवादित जग्गा भन्दै सुस्ताबासीलाई जोतभोगबाट रोक लगाएको छ।

हाल ७ हजार ५ सय हेक्टर जग्गा मात्र सुस्ताबासीले उपयोग गर्दै आएका छन्। त्यो पनि नागरिकता र पुर्जा नभएकाले कुन बेला भारतीयले कब्जा गर्ने हो भन्नेमा सुस्ताबासी चिन्तित रहेको स्थानीय रविन्द्र यादवले बताए। सुस्ता गाउँ पञ्चातबाट त्रिवेणी सुस्ता गाविस बनेको थियो, अहिले सुस्ताकै पहिचान कायम गर्ने गरी सुस्ता गाउँपालिका बनेको छ।

सरकारले सुस्ताबासीलाई नागरिकताको आश मात्र देखाएको स्थानीय बताउँछन्। सुस्ताबासीसँग नागरिकता नहुँदा उच्च शिक्षा हासिल गर्न र नोकरी तथा रोजगारबाट गर्नबाट वञ्चित छन्। सुस्तामा शिक्षा, विद्युत्, खानेपानी, स्वास्थ्यलगायत आधारभूत समस्या पनि छन्।

सरकारले सुस्ताबासीलाई नागरिकताको आश मात्र देखाएको स्थानीय बताउँछन्। सुस्ताबासीसँग नागरिकता नहुँदा उच्च शिक्षा हासिल गर्न र नोकरी तथा रोजगारबाट गर्नबाट वञ्चित छन्। सुस्तामा शिक्षा, विद्युत्, खानेपानी, स्वास्थ्यलगायत आधारभूत समस्या पनि छन्। नेपाल न्युजबाट साभार । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *

*