मकवानपुरमा तिहारको रौनक (फोटो फिचर)

चारैतिर झिलिमिली, दैउसी, भैलो खेल्नेहरुको लर्को
जनपत्र
१२ कार्तिक २०७६, मंगलवार ०६:३३

हेटौंडा । मकवानपुरमा यसपालीको तिहारको रौनक आज सम्म छ । गएराती सम्म बिभीन्न संघसंस्था, व्यक्तिगत समुह, पाटी मिलेर देउसी र भैलो खेल्नमा निकै व्यस्त रहेका थिए ।

तिहारका अवसरमा हेटौंडा वजार सहित मकवानपुरका दश वटै स्थानीय तहमा त्यतीकै झिलीमिली वक्ति वलेको थियो । हेटौंडाका मुख्य वजारमा झिलिमिली वत्ति, त्यसमा देउसी भैलो खेल्न आउनेहरुको कारण पनि निकैनै रमाईलो भएको थियो । आज तिहारको टिका लगाएपछी पनि देउसी भैलो खेल्न चलन छ । अझै संघसंस्थाहरुले कुनै कामको लागि देसी भैलोको कार्यक्रम छट पुजा सम्म पनि गर्ने चलन छ ।

हेटौंडा २ मा रहेको सिद्धार्थ माविले देउसि भैलो कार्यक्रमको आयोजना गरेको छ। पुस्तकालयको स्तरउन्नतीको सहयोगार्थ विद्यालयले देउसि भैलो कार्यक्रमको आयोजना गरेको हो।

विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघ, विद्यालयका शिक्षक तथा विद्यार्थीको उपस्थितिमा देउसी भैलो कार्यक्रमको आयोजना गरिएको विद्यालय कक्षा ११र१२ संयोजक गणेश प्रसाद हुमागाईले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*