हेटौंडाको चौकिटोलको घरमा आगलागी, एक्साभेटरले आसिंक रुपमा घर भत्काएपछी मात्र नियन्त्रणमा

हेटौंडा । हेटौंडाको चौकिटोलको घरमा आगलागी भएर नियन्त्रणमा लिनका लागि एक्साभेटरले घरको केही भाग आंसिक रुपमा भत्काएपछी मात्र नियन्त्रणमा आएकमो छ ।
लगातार आगो लागेर नियन्त्रणमा लिनका लागि समस्या भएपछी एक्साभेटरले घरको केही भाग भत्काएपछी नियन्णमा लिईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो ।
हेटौँडा–१ चौकीटोलमा रहेको विनोद ढकालको घरमा आगलागी भएको हो । ढकालको घरमा राखिएको कपास गोदाममा लागेको आगो साढे २ घण्टामा नियन्त्रणमा आएको एसपी सिंहले वताउनुभयो ।
साँझ करिव ७ बजेबाट शुरु भएको आगो १० बजे नियन्त्रणमा आएको हो । आगो निभाउन हेटौँडा उपमहानगरपालिका र नेपाल आयल निगमको दमकल परिचालन गरिएको थियो । आगो निभाउन सुरक्षा निकाय र स्थानीय समेत खटिएका थिए । जेसिभीको प्रयोग गरी उद्योगको कपास तानेर आगो निभाउने काम गरिएको थियो । आगलागीबाट घरका सबै सामानहरु समेत पूर्ण रुपमा नष्ट भएको छ ।