हेटौंडा–धरान–चतरा सडकमा ३३ मध्ये २० वटा पुल बने

हेटौंडा । नेपाल सरकारले उच्च महत्त्वकाक्षा सहित सुरु गरेको हेटौंडा–सिन्धुली–धरान–चतरा सडक ९प्रस्तावित मदन भण्डारी लोकमार्ग आयोजनाले काम तीव्र पारेको छ।
आयोजनाको लागि अब एक बर्षमात्रै समयावधि रहेको छ। सम्झौता अनुसार २०७७ कात्तिकमा सबैकाम सक्नुपर्नेछ । आयोजना हेटौंडा कार्यलयका अनुसार पुल निर्माण २०७७ जेठमा र सडक निर्माण २०७७ कात्तिकमा सक्ने सम्झौता छ।
उक्त सडक अन्तर्गत हेटौंडादेखि सिन्धुलीसम्म ११५ किमी खण्डमध्ये ४० किमी सडक कालोपत्र भइसकेको आयोजनाको हेटौंडा कार्यालयले बताएको छ । यस्तै ३३ पुलमध्ये २० ओटा निर्माण भएको कार्यालयका इन्जिनीयर केशव ओझाले जानकारी दिए।
सिन्धुली–हेटौंडा खण्डमा जेडआईसीसी अनक लुम्बिनी जेभीले भ्याटबाहेक २ अर्ब ५६ करोड रुपैयाँमा पुल निर्माण गरिरहेको छ। कम्पनीले हालसमम्म ७३ प्रतिशत भुक्तानी लिइसकेको आयोजना कार्यालयले बताएको छ। यस्तै कालिका स्वच्छन्द राम्केन जेभीले ६ अर्ब ३० करोड रुपैैयाँमा ठेक्का पाएको सडक पनि धमाधम निर्माण हुँदै छ ।
आयोजनाका अनुसार मुआब्जा लगायत अन्य समस्याका कारण आयोजनाको काम १ वर्ष पर धकेलिएको हो। ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने आयोजनासँग ठेकेदार कम्पनीले २०७३ मा सम्झौता गरेको थियो।
११ मिटर चौडा बनाइने यो सडक हेटौंडाबाट सुरु भएर भित्री मधेश, चुरेभावर, शिवालिक तथा दुन उपत्यका हुँदै धरान पुगेर टुंगिन्छ। सुनसरी, उदयपुर, सिन्धुली र मकवानपुरका अधिकांश क्षेत्र जोड्ने पूर्वपश्चिम राजमार्गको वैकल्पिक मार्गको रूपमा सरकारले यो सडकलाई प्राथमिकता दिएको छ।
आव २०६४र२०६५ देखि सुरु भएको उक्त योजनामा सरकारले बर्सेनि ८ करोडदेखि २५ करोड रुपैयाँसम्म बजेट विनियोजन गर्दै आएको थियो । यो सडकले भित्री मधेसका चार जिल्ला मकवानपुर–सिन्धुली–उदयपुर र सुनसरीका करिब ५० लाख बासिन्दालाई प्रत्यक्ष लाभ पुर्याउनेछ । धरान–चतरा सडक मकवानपुरमा ४९ किमि, सिन्धुलीमा १ सय ४० किमि, उदयपुरमा ११० किमि र सुनसरीमा १८ किलोमिटर पर्छ ।नेपाल न्युजबाट ।