महाकवि देवकोटाको सम्झनामा हेटौंडामा गुन्जिए कविता

जनपत्र
१० कार्तिक २०७६, आईतवार १६:५२

हेटौंडा / महाकवि लक्ष्मीप्रसाद देवकोटाले नेपाली साहित्य क्षेत्रमा पुर्‍याएका योगदानको हेटौँडामा चर्चा गरिएको छ। महाकवि देवकोटाको १ सय ११ औँ जन्म जयन्तीका अवसरमा रेडियो थाहा सञ्चारले गरेको कवि सम्मेलनका सहभागी कवि, साहित्यकारहरुले देवकोटाको योगदानको चर्चा तथा समीक्षा गरेका हुन्।

सम्मेलनमा सम्बोधन गर्दै साहित्यकार एवम् अग्रज पत्रकार नवराज शर्माले साहित्य समाजको चित्रण हुनु पर्नेमा जोड दिएका छन्। साहित्य समाजलाई रुपान्तरण गर्ने किसिमको हुनुपर्नेमा जोड दिँदै उनले पछिल्लो समय साहित्य क्षेत्र भड्किलो किसिमको भएकोमा सजग हुनुपर्ने बताए। त्यस्तै, सम्मेलनमा सम्बोधन गर्दै साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले महाकवि देवकोटाको योगदान साहित्य क्षेत्रमा विराट रहेको उल्लेख गरेका छन्। नेपाली भाषा, आधुनिक नेपालीको निबन्धको सुरुवात, अंग्रेजी भाषामा कविता लेखनको सुरुवात जस्ताका कार्यले उनको योगदान विराट रहेको उनले बताए।

विन्दावासिनी मिडिया प्रालिका अध्यक्ष अस्मिता सुमार्गीको अध्यक्षता तथा साहित्यकार तथा पत्रकार नवराज शर्माको प्रमुख आतिथ्यतामा भएको कवि सम्मेलनमा महाकवि देवकोटाको तस्बिरमा माल्यार्पण समेत गरिएको थियो। कवि सम्मेलनमा जिल्लाका २ दर्जन कवि तथा साहित्यकारले आ(आफ्नो रचना वाचन गरेका थिए। हरेक वर्ष लक्ष्मी पुजाका दिन अर्थात महाकवि देवकोटाको जन्म जयन्तीका अवसरमा कवि सम्मेलन गर्दै आएको रेडियोले यो वर्ष पनि निरन्तरता दिँदै सम्मेलन आयोजना गरिएको हो। हेटौँडा(४ अजरअमर रोडस्थित रेडियोको कार्यालय परिसरमा भएको कार्यक्रमको रेडियोले प्रत्यक्ष प्रशारण गरेको थियो।

प्रगतिशील लेखक संघकी अध्यक्ष, शान्ति प्रिय बन्दना, कविहरु मनोज पोख्रेल, डा।नवीन, मसान उपासक, सानुभाइ विश्वकर्मा, व्यंग्य कवि चिरञ्जीवी लामिछाने, गजलकार सुशील मुडभरी, कवि विशाल अधिकारी आशुतोष, छवि अनित्य, सीएम रिमाल, डिबी बर्तौला र दिनेशकुमार शर्माले कविता बाचन गरेका थिए। त्यसैगरि सानु खनाल, भावना सापकोटा, व्यंग्यकार मिनप्रसाद लामिछाने, देवराज खरेल, अनिता न्यौपाने, केशव तौजले, सुबास खनाल, तुलसी घिमिरे, ह्याग्रिव आचार्य र साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिलले रचनाहरु बाचन गरेका थिए। कवि सम्मेलनमा रेडियोका सञ्चालक समितिका सदस्यहरु अंकिता सुमार्गी, अनिता सुवेदी सुमार्गीको उपस्थिति थियो।थाहा खवरबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*