हेटौँडाकी सन्ध्या आचार्य ‘छमछमी सिजन–४’ को विजेता

जनपत्र
१० कार्तिक २०७६, आईतवार ०८:४५

हेटौंडा । हेटौँडाकी सन्ध्या आचार्य नेपाल टेलिभिजनको मेगा डान्स रियालिटी शो ‘छमछमी सिजन ४’को विजेता बनेकी छन्।

शनिबार साँझ काठमाडौँमा भएको अन्तिम प्रतिष्पर्धामा उत्कृष्ट पाँच प्रतिष्पर्धीलाई उछिन्दै आचार्यले उपाधि जितेकी हुन्। उनलाई पुरस्कारस्वरुप आजै अल्टो के–१० गाडी प्रदान गरिएको छ। उनलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले गाडीको चाबी हस्तान्तरण गरेका हुन्।

प्रतिष्पर्धामा महोत्तरीका नेशन सुश्लिङ मगर फष्ट रनर(अप हुँदै नगद पाँच लाख रूपैयाँ र झापाकी दिलमाया लिम्बू सेकेण्ड रनरअप हुँदै नगद तीन लाख रूपैयाँ प्राप्त गरे।

विसं २०७५ कात्तिक १७ गतेदेखि शुरु भएको यस प्रतियोगितामा देशका सातवटै प्रदेशका ११ स्थानमा अडिसन राउन्ड गरिएको थियो।
अन्तिम पाँच प्रतियोगीमा दाङका आकाश विक, झापाकी दीलमाया लिम्बू, महोत्तरीका नेशन सुश्लिङ मगर, पोखराकी सपना थापा र मकवानपुरका सन्ध्या आचार्य थिए। विसं २०६६ देखि नेपाल टेलिभिजनले उक्त कार्यक्रम शुरु गरेको थियो।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले क्षमताको प्रस्फुटन हुने महत्वपूर्ण स्थान नेपाल टेलिभिजन भएको भन्दै अझै यस्ता कार्यक्रम गर्नुपर्नेमा जोड दिए।

नेपालको परिचयको निम्ति सोरठी खोज्दा हाकुपटासी र धिमे खोज्दा धेरै कलाकृति साहित्यका फाँटमा तरेली लगाउँदा वास्तवमा नेपाली मन उद्देलित हुने बताउँदै मन्त्री बाँस्कोटाले भने, ुत्यसबेला राष्ट्रिय भावना एकता, स्वाभिमान एवं स्वतन्त्रताको उचाइ प्राप्त हुन्छ।ु

ऋषिमुनिको देशमा र प्रतिभाको देशमा आज प्रतिभा फल्ने र फुल्ने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरे।

कार्यक्रममा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले राम्रो कलाकार उत्पादन गर्नका लागि टेलिभिजनले दूरदराजका नृत्य प्रतिभालाई प्रष्फुटित गराउने अवसर प्रदान गरेको उल्लेख गरे। सेतोपाटीबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*