जुवा खालबाट २५ जना पक्राउ, दुई करोड वढी बरामद

प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ । जुवा खालबाट दुई करोड वढी बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए ।
महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तम सुवेदीका अनुसार पक्राउ परेका उनीहरूबाट दुई करोड ६७ लाख रूपैयाँसमेत बरामद भएको छ।
उनीहरूलाई शनिबार राति १ बजेको समयमा सम्बाला होटलपछाडि रहेको बिक्रम गौतमको घरबाट पक्राउ गरिएको हो। महाराजगञ्जस्थित होटल साम्लाको पछाडी रहेको बिक्रम पौडेलको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको हो । यसअघि अनलाईन खवरबाट साभार गरिएको यसै संग सम्वन्धित समाचारमा अन्यथा पर्न गएको समाचार हटाएर यो समाचार पोष्ट गरिएको छ । समाचारका कारण पर्न गएको समस्या प्रति क्षमा प्राथी छौ । संपादक ।