चाडपर्वका अवसरमा नेपाल टेलिकमको अफरै अफर

जनपत्र
९ कार्तिक २०७६, शनिबार ०७:०१

नेपाल टेलिकमले तिहारका साथै छठ र नेपाल संवतका अवसरमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ । नेपाल टेलिकमले मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराउने जनाएको छ । योभन्दा पहिलेदेखि नै उपलब्ध फोरजी-एलटीई र अन्य सेवाहरुमा विशेष छुटसहितका अफरहरुलाई समेत निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

जीएसएमरसीडीएमए प्रिपेडरपोस्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

आउँदो कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोस ९ःएयक्० बाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु। ५०।–, १००।– र २००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु। ५००।– र १०००।– को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु। ५०।–, १००।– र २००।– को बोनस ३ दिन भित्र र रु। ५००।– र १०००।– को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।

त्यसैगरी एमपोसबाट रु। १०।– देखि ४९९।– सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु। ५००।– वा त्योभन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ । त्यो बोनस क्रमशः ३ दिन र ५ दिनभित्र उपयोग गरिसक्नु पर्नेछ । पहिलेदेखि नै उपलब्ध विभिन्न अफरहरुलाई पनि निरन्तरता दिइएको टेलिकमले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*