हेटौंडाको बालसुधार गृहको अनुगमन, बालकहरुमा स्वास्थ्य समस्या देखिएपछी शिवीर

जनपत्र
८ कार्तिक २०७६, शुक्रबार १८:३४

हेटौंडा । हेटौंडाको थानार्भयाङमा रहेको बालसुधार गृहका बालकहरुमा स्वास्थ्य समस्या देखिएपछी आज उपमहानगरपालिकाले स्वास्थ्य जाँच गराएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महततको पहलमा आज बालसुधार गृहमा स्वास्थ्य शिवीर समेतको आयोजना गरेर बालकहरुको स्वास्थ्यजाँच गरिएको हो ।

बिभीन्न आपराधिक घटनामा दोषी ठहर भएका र पुर्पक्षका लागि पठाइएका बालबालिका राख्ने उक्त सुधारगृहमा पानीका कारण छालासम्बन्धी रोग देखिएको छ । त्यस लगतै डाक्टरको नेतृत्वमा आजै स्वास्थ्य शिवीरको आयोजना गरिएको वताउँदै मेयर महतले भन्नुभयो–‘यहाँका बालकहरुलाई आवस्यक सरसामान पनि खरिद गर्ने, पढाईका लागि पनि ध्यान दिने, सौचालयमा देखिको समस्या पनि समाधान गर्न लागिएको छ ।’

पानीकै कारण बालकहरुको छालामा समस्या देखिएको उपमहानगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा उपचाररत डा. नेहा गुप्ताले बताउनुभयो । छालाको समस्या देखिएका बालकलाई ट्यांकीको पानी सफा गरेर परीक्षण गरेपछि मात्र नुहाउन सल्लाह दिएको उनले जाउहाँले वताउनुभयो । स्वास्थ्य परीक्षण गरिएका सबैमा पानीबाट हुने रोगको संक्रमण देखिएको नगर स्वास्थ्य शाखाका प्रमुख सुपेन्द्र कार्कीले बताउनुभयो । सुघार गृहमा रहेका ५३ जना बालकहरुमा छाला चिलाउने, दाद, डाबर आउनेलगायतका समस्या देखिएको थियो । उनीहरुलाई निशुल्क औषधी पनि वितरण गरिएको छ ।

आजै मेयर महतल, उपमेयर मिना कुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह लगायतकाको टोलीले निरीक्षण गरेको हो । आजै यहाँ वस्दै आएका सबै बालबालिकाको समस्या बुझेर परेका समस्याको समाधानमा उपमहानगरपालिकाले काम थाल्ने भएको छ ।

मेयर महतले तत्काल पानी परीक्षणसहित अन्य काम गर्न नगर स्वास्थ्य शाखालाई निर्देशन दिनुभएको छ । खानेपानी प्रशोधन गर्न युरोगाडको व्यवस्था र नुहाउने पानी प्रशोधनका लागि पनि आवश्यक प्रबन्ध मिलाउन शाखालाई निर्देशन दिनुभएको छ । सुधार गृहमा इनार खनेर निकालेको पानी तान्नका लागि प्रयोग गरेको मोटर बिग्रदा ट्यांकीमा जमेको पानीमा समस्या आएको अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*