नेकपा मकवानपुरको चियापान, कार्यकर्ता देखि मुख्यमन्त्री सम्मको लर्को

जनपत्र
८ कार्तिक २०७६, शुक्रबार १७:३५

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुको आयोजानमा आज पार्टी कार्यालय हेटौंडामा विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छट पर्वका अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरिएको छ । कार्यक्रममा नेकपाका कार्यकर्ता, सर्वसाधरण, पार्टीका सुवेछुक, बिभीन्न पार्टीका नेता, कार्यकर्ता, सरकारी तथा गैरसरकारी संघ संस्था देखिबाट मुख्यमन्त्री डोरमणि पौडेल सम्म उपस्थित हुनु भएको थियो ।

कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष मुनु सिग्देलले कार्यक्रममा सहभागि सबैलाई शुभकामना व्यक्त गर्दै आउँदै गरेका चार्डपर्व हर्षोलास पुर्वक मनाउनका लागि आग्रह गर्नुभयो । चार्डपर्वहरु आफ्ना गच्य अनुसार मनाउनका लागि आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री पौडेल, संघिय अर्थ समितिका सभापति कृष्ण प्रसाद दाहाल, नेकपाका केन्द्रीय सदस्य तथा संघिय सांसद विरोध खतिवडा, नेकपाका केन्द्रीय सदस्यहरु केदार न्यौपाने, कुमारी मोक्तान, रामेश्वर राना, राष्ट्रिय सभाका सदस्य रामनारायण विडारी, रामचन्द्र राई, प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण प्रसाद नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल, नेकपाका प्रदेश ३ का संगठन विभागका प्रमुख अनन्त पौडेल, राष्ट्रिय समावेशी आयोगका कार्यवाहक अध्यक्ष विष्णु ओझा, प्रदेश सभाका सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपाका नेता सुवास चन्द्र ठकुरी, नेकपा मकवानपुरका सचिव तथा प्रदेश सभाका सदस्य प्रेमबहादुर पुलामी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*