मकवानपुरको इन्द्रशसरोवर पर्यटकिय गन्तव्य, डुंगा शयर गर्न आउनेको भिड

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर ताल देशकै पर्यटकिय गन्तव्य भएको छ । विद्युत् उत्पादनका लागि देशमा पहिलोपटक निर्माण गरिएको मानवनिर्मित ताल इन्द्रसरोवर अहिले मकवानपुरको इन्द्रशरोबर गाउँपालिका र थाहा नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य पनि हो ।
इन्द्रसरोवरमा काठमाडौँ, हेटौंडालगायत देशका विभिन्न शहरबाट दैनिक १५ सय पर्यटक डुंगा शयर गर्न आउने गरेका छन् । मकवानपुरको उत्तरी क्षेत्र मार्खुमा अहिले काठमाडौँ, हेटौंडालगायत देशका विभिन्न शहरबाट आउने पर्यटकको भीड लागेको स्थानीइ वासिन्दाहरु वताउँछन् । काठमाडौँ र हेटौंडाका मानिसका लागि इन्द्रशरोबर गाउँपालिकाको मार्खु छोटो दूरीको पर्यटकीय गन्तव्य हो ।
कुलेखानी जलविद्युत् आयोजनाको इन्द्रसरोवरको मनोरम दृश्यमा तस्वीर खिच्न र डुंगा शयर गर्न पर्यटक रमाउने गरेका छन् । काठमाण्डौबाट इन्द्रसरोवरमा डुंगा शयर गर्न आउनु भएका रुचिमा लोप्चन आफुलाई इन्द्रसरोवरमा घुम्न र हेर्न निकै मन परेको वताउनुहुन्छ ।
कुलेखानी जलविद्युत् आयोजनाको यो सरोवरमा मार्खुका किसानले सामूहिक रुपमा माछा पालेका छन् । माछापालनबाट वार्षिक एक लाख र डुङ्गा व्यवसायीबाट वार्षिक ४० हजार रुपैयाँ इन्द्रसरोवर गाउँपालिकाले आम्दानी गरिरहेको कर्मचारीहरु वताउँछन् ।
सरोवरमा डुंगा शयर गर्न आउनेहरुको सुरक्षाका लागि लाइफ ज्याकेट अनिवार्य गरिएको छ । यस्तै दुर्घटना भएमा उद्धारका लागि मोटरबोट राखिएको छ । डुङ्गा र मोटरबोट चढ्न पर्यटकले प्रति व्यक्ति एक सय १० रुपैयाँदेखि एक सय ६० रुपैयाँसम्म खर्च गर्नुपर्ने यहाँका कर्मचारी मंगलदास गोले वताउनुहुन्छ ।
सात किलोमिटर क्षेत्रफलमा फैलिएको यो सरोवरमा दुई किलोमिटर क्षेत्रमा डुङ्गा र मोटरबोट सञ्चालन भइरहेको छ । यहाँका तीन सयजनाले व्यावसायिक रुपमा माछापालन र डुंगा सञ्चालन गरिरहेका छन् । मार्खु पर्यटकीय गन्तव्य बनेपछि यसक्षेत्रमा नयाँ र सुविधासम्पन्न होटलहरुसमेत खुल्न थालेका छन् ।