मकवानपुरका सांसद विरोध खतिवडालाई वकैयाको कार्यक्रममा भ्याइ नभ्याइ

अरुलाई दोस दिने भन्दा पनि तीन तहका सरकारमा वसेकाले काम गरेर देखाउनुपर्नेमा जोड ।
जनपत्र
७ कार्तिक २०७६, बिहीबार १८:४२

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ का सांसद तथा नेकपा मकवानपुरका इन्चार्ज बिरोध खतिवडालाई आज जिल्लाको पूवी क्षेत्रका कार्यक्रममा भ्याई नभ्याइ भएको छ । क्षेत्र नम्बर २ का सांसद भएपनि मकवानपुर क्षेत्र नम्बर १ मा आयोजना गरिएका महत्वपूण कार्यक्रममा भ्याइ नभ्याइ भएको हो ।

जिल्लाको पूवी क्षेत्र बकैयाँ गाउँपालिकामा भएका चार वटा कार्यक्रमको प्रमुख अतिथीका रुपमा आमन्त्रण भएपछी आज चार वटै कार्यक्रममा पुग्नका लागि निकै भ्याई नभ्याइ भएको थियो । वकैयामा भएको फुटवलको आजको कार्यक्रम, वकैयाको पार्टी कार्यालय उद्घाटन्, चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम, पार्टीका गाउँपालिका कमिटीको सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथीका रुपमा भ्याई नभ्याइ भएको हो ।

सांसद खतिवडाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) वकैयाँ गाउँकमिटी कार्यालयको आज उद्घाटन् गर्नु भएको छ । त्यसैगरी गाउँपालिका कमिटीले दशै, तिहार, छट, नेपाल सम्वतका अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमको आफ्ना कुराहरु राख्न भ्याउनुभयो । त्यस्तै वकैयाँका १२ वटा वडाका अध्यक्ष तथा पदाधिकारीहरुको सपथ ग्रहण पनि गराउन भ्याउनुभयो । यसैगरी बकैयामा आयोजीत प्रथम राष्ट्रिय माझि गोल्डकप फुटवलको आजको खेलको उद्घाटन् गर्नुभयो ।

चारवटै कार्यक्रमको उद्घाटन् गर्दै सांसद खतिवडाले अव अरुलाई दोस देखाएर भन्दा पनि तीनै तहका सरकारमा वसेकाले काम गरेर देखाउने वेला आएको वताउनुभयो । पार्टीको वडा तम सम्म एकिकरणको प्रकृया टुङ्गीएपछी अव भने काम गरेर देखाउने वेला आएको वताउनुभयो । चुनावमा सबैले विस्वास गरेर जिताएकाले आफ्नो क्षेत्रबाट तीनै तहका सरकारले काम गरेर देखाउनुपर्ने उहाँले वताउनुभयो ।
कार्यक्रममा नेकपा मकवानपुरका नेताहरु बद्री लंसाल, बलराम वल, पद्मा पौडेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तीन वर्ष भित्र मकवानपुरमा काठको विद्युतिय पोल विस्तापित हुन्छ 

नेकपाका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज विरोध खतिवडाले अबको तीनवर्ष भित्र मकवानपुरमा काठको विद्युतिय पोलहरु विस्तापित गरिसक्ने वताउनुभयो। प्रतिनिधिसभा सांसद समेत रहेका खतिवडाले काठको पोलको कारण विद्युत वितरणमा खतरा भएको र दुर्घटनाको संभावनाहरु बढेको भन्दै काठको पोल विस्तापन गरिने वताउनुभयो।

आज पुर्वी मकवानपुरको बकैया गाउँपालिकामा नेकपाको गाउँपालिका कार्यलय उद्घाटन तथा वडा अध्यक्षहरुको सपथग्रहण कार्यक्रममा बोेल्दै नेता खतिवडाले कम्युनिष्ट सरकारले देशमा क्रमश सुधारका कामहरु गरिरहेको र त्यसको परिणाम समेत देख्न सुरु भएको वताउनुभयो । नेपालमा विकासको युग प्रारम्भ भएको भन्दै उनले अबको केहि वर्षमा नेपालले विकासको सन्र्दभमा फड्को मार्ने समेत वताउनुभयो ।

संघिय नेपालमा तीनतहको सरकार मिलेर काम गरेको भन्दै कम्युनिष्टहरुलाई विरोध गर्नेहरुलाई आफुहरुले काम गरेर उनीहरुको जवाफ दिने समेत वताउनुभयो । नेकपा बकैया गाउँपालिका अध्यक्ष नारायण तिमल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मकवानपुरकी अध्यक्ष नेकपा मकवानपुरका जिल्ला कार्यालय सदस्य, सचिवालय सदस्य, जिल्ला सदस्यहरु तथा क्षेत्रीय तहका नेताहरुको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*