तीन अर्व रुपैयाँका ट्रान्सफर्मर हेटौंडाको खुल्ला चौरमा

हेटौंडा । नेपाल विद्युत प्राधिकरणले बितेको आर्थिक वर्ष २०७५–०७६ मा खरिद गरेका ट्रान्सफर्मर हेटौंडाको टिसीएन स्थित चौरमा वेवारीसे अवस्थामा राखिएको छ । स्थान अभावका कारण झण्डै तीन अर्व रुपैयाँ लागतमा खरिद गरिएका ट्रान्सफर्मर चौरमा तसै राखिएको छ । चालु आर्थिक वर्षका लागि देशभरका लागि २५ देखि चार सय केभीए सम्मका १३ हजार ट्रान्सफर्मर खरिद गरेको छ ।
२ अर्ब ९१ करोड लागतमा खरिद गरिएका ट्रान्सफर्मर हेटौंडास्थित केन्द्रीय भण्डारमा स्थानअभावका कारण खुलाचौरमा अव्यवस्थित तरिकाले असरल्ल पारेर फालिएको छ । हिलो र घासैघास भएको चौरमा यतीका धेरै रकम खर्च गरेर खरिद गरिएका ट्रान्सफर्मर त्यसै राखिएकोमा हेटौंडाका स्थानीय वासिन्दाहरुले आक्रोस समेत व्यक्त गरेका छन् ।
हेटौंडाको चौरभरी ट्रान्सफर्मर थुप्रिने र मकवानपुरका गाउँ गाउँमा भने ट्रान्सफर्मर अभावका कारण बिजुली वक्ति बाल्नका लागि समेत समस्या भएको स्थानीय जनप्रतिनिधिहरु वताउँछन् । बिद्युतप्राधिकरणले चारवटा सप्लायर्स कम्पनीमार्फत यो आर्थिक वर्षमा खरीद गरेका १३ हजार ट्रान्सफर्मर मध्ये १० हजार ट्रान्सफर्मर सप्लायर्स कम्पनीले हेटौंडामा झारेको छ ।
बिद्युतप्राधीकरणको केन्द्रीय वक्र्ससपमा अनिवार्य परिक्षण गराउनुपर्ने यी ट्रान्सफर्मर प्राधिकरण आफैले समयमै परिक्षण गर्न नसक्दा अलपत्र छाडेको छ । केन्द्रीय वक्र्ससपले दैनिक ३० देखि ४० वटासम्म ट्रान्सफर्मर परिक्षण गर्न सक्ने यहाँका प्राबिधीक बताउँछन् ।
एकै पटक परिक्षण क्षमताभन्दा बढी ट्रान्सफर्मर हेटौँडामा झारिएकाले खुला चौरमा असरल्ल अलपत्र अवस्थामा छाडिएको छ ।
यता नेपालविद्युत प्राधिकरण हेटौंडाको केन्द्रीय भण्डारका प्रमुख बुद्धकुमार कार्की भने खुल्लाचौरमा राखिएका ट्रान्सफर्मर केन्द्रीय भण्डारमा नआएसम्म प्राधिकरणले यसको जिम्मेवारी नलिने सम्झौता रहेको वताउनुहुन्छ । सबै ट्रान्सफर्मर चेक जाँच, परिक्षण गरेर मात्र भण्डारण भित्र राखिने हुँदा समस्या भएको उहाँको भनाई छ । धेरै ट्रान्सफर्मर एकैपटक सप्लायर्षले झारेकाले परिक्षण गर्नकालागि समय लाग्ने भएकाले चौरमानै राखिएको उहाँको भनाई छ ।
बितेको आर्थिक वर्षको वजेट भएकाले असार मसान्त सम्म सप्लायर्षले ल्याइसक्नुपर्ने र चेकजाँच नगरीकन भित्र राख्न नमिल्ने भएका कारण चौरमा राख्नुपरेको प्राधिकरणका कर्मचारीहरु वताउँछन् ।
प्राधिकरणका ३ नम्बर प्रदेश डिभीजन कार्यालयका डिभिजन प्रमुख केदारनाथ सिलवालले यहाँ राखिएका ट्रान्सफर्मर छिट्टैनै व्यवस्थित गर्ने र सबै जिल्लामा वितरण गरिने वताउनुभयो । सर्वसाधारणले तिरेको करबाट खरदि गरिएका यी ट्रान्सफर्मर ६ महिनादेखि हेटौडामा यसरी थुपारिएको छ । प्राधिकरण र सप्लायर्स कम्पनीले डिमाण्ड अनुसार सप्लाईको व्यवस्था नमिलाउँदा समस्या देखिएको हो ।