संबिधान भन्दा माथी कोही पनि छैनन्–सभामुख श्रेष्ठ
हेटौंडा । प्रदेश नम्बर ३ को राजधानी हेटौंडामा आज संसदीय मामिला पत्रकारिता सम्वन्धमा पत्रकार अभिमुखीकरण कार्यक्रम गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर साखाको संयोजन तथा संसद सहयोग परियोजना संयुक्तराष्ट्रसंघीय विकास कार्यक्रमको सहकार्यमा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन् गर्दै प्रदेश नम्बर ३ का सभामुख सानुकुमार श्रेष्ठले संबिधान भन्दा माथी कोही पनि नभएको वताउनुभयो । संबिधान भन्दा माथी राष्ट्रपति, अदालत, सरकार कोही पनि नभएको वताउनुभयो । संबिधान संग बाझिने कानून निर्माण खारेज हुने उहाँले वताउनुभयो । राजनैतिक दलहरूले मनगडन्ते कुरा गरेर सत्य तथ्यलाई छायामा पारेको बताउनुभएको छ ।

राजनैतिक व्यक्तित्वहरूले संविधान संम्वत कुराहरू र तथ्यमा आधारित कुराहरू गर्नुपर्ने बताउँनुहुँदै मनगढन्ते कुरा गरेर देशको विकास नहुने र संविधानको पालना नहुने बताउनुभयो । प्रदेशसभा, सांसद र पत्रकारहरू बिचको सम्बन्ध हालको अवस्था कमजोर रहेको प्रति दुखेसो व्यक्त गर्दै सभामुख भन्नुहुन्छ “अब हामी पत्रकारहरूसंगको सम्वन्धलाई मजवुत बनाउनेछौ ।’

सभामुखले आन्तरिक लगानि बृद्दिका लागि प्रदेश, स्थानिय र निजि क्षेत्रको सहभागितामा कार्ययोजना निर्माणमा प्रदेश सरकार जुटिरहेको समेत जानकारि गराउनुभएको छ । नेपालमा निर्यात भन्दा वढि आयत धेरै भएको कुरालाई मध्यनजर गर्दै आयात कम गर्ने उद्देश्यले यस्तो रणनिति अघि सारेको पुष्टि गर्नुभएको छ । संसदको हलको समस्याका कारण पत्रकारले समस्या बेहार्नु परेको उहाँले वताउनुभयो । हाल सम्म प्रदेश सभाबाट ४५ वटा कानून पारित भएको उहाँले वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले हेटौंडाका पत्रकारले संसदीय रिपोटिङको अभ्यास गरिरहेको अवस्थामा यो तालिम फलदायी भएको वताउनुभयो । संसदीय रिपोर्टीङका लागि आगामी दिनमा पनि सहकार्य गरेर अगाढी वढ्नका लागि अध्यक्ष हुमागाईले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा अधिवक्ता तथा संविधानसभा सदस्य अभिवक्ता रेवति रमण भण्डारिले संसदिय प्रक्रिया र सुचना सम्प्रेषणमा पत्रकारहरूले ख्याल गर्नुपर्ने विषयमा प्रस्तुतिकरण गर्नुभयो । कार्यक्रममा अन्नपुर्ण पोष्ट दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले संसदिय मामिला पत्रकारिता अवधारणा अभ्यास र चुनौति र प्रभावकारि संसदिय अभ्यासका लागि संसद सचिवालय र पत्रकार सम्वन्धका वारेमा प्रस्तुति गर्नुभएको थियो ।
नेपाल पत्रकार महमसंघ मकवानपुर शाखाका अध्यक्ष हुमागाईको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष पोष्टराज अधिकारी, सचिव गणे दर्पण अधिकारी लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा मकवानपुरका ६२ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।







