प्रदेश ३ का ११९ स्थानीय तहमा एक अर्व २५ करोड सशर्त अनुदान
हेटौंडा । प्रदेश नम्बर–३ को एक सय १९ वटा स्थानीय तहमा एक अर्व २५ करोड रुपैयाँ सशर्त अनुदान रकम जाने भएको छ । प्रदेश ३ सरकारले प्रदेशका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाहरुका लागि एक अर्व २५ करोड रुपैयाँ ससर्त अनुदान दिन लागेको हो ।
स्थानीय तहका पूर्वाधार बिशेष कार्यक्रमका लागि यो अनुदान रकम दिन लागिएको प्रदेशका आर्थिक मामिला तथा योजान मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो । यो अनुदान रकमबाट पूर्वाधारका कार्यक्रम गर्नुपर्ने छ । अनुदान रकम स्थानीय तहमा बितरण गर्ने तयारी थालिएको छ ।