तिहारमा हेटौंडा बजारको फुटपाथमा सामान बिक्री गर्न नपाइने

फूल, फलफूल, पूजा सामग्री, ध्वजापताका, किसानबाट डोकामा बेचिने तरकारीका लागि उपमहानगरपालिकाले विभिन्न क्षेत्रहरु तोकेको छ ।
जनपत्र
४ कार्तिक २०७६, सोमबार १८:४०

हेटौंडा । नजिकीदै गरेको तिहारमा हेटौंडा वजारलाई थप व्यवस्थित वनाइने भएको छ । बजारका सडकनै ढाकेर तिहारका सामान बिक्री गरिदै आएपनि त्यस कार्यलाई यसवर्ष रोक्न लागिएको हेटौंडा उपमहानगरपालिकाका कार्यबाहक मेयर मिना कुमारी लामाले वताउनुभयो । तिहार तथा छट पर्व अवधिको बजार व्यवस्थापन सम्बन्धमा सरोकारवालासंगको आजको बैठकले यो निर्णय गरेको हो । कार्यवाहक मेयर लामाको अध्यक्षतामा वसेको बैठकले चाडपर्वको अवधिभर बजार क्षेत्रमा आवागमनलाई सहज बनाउन एवं बजारलाई व्यवस्थित गने भएको छ ।

उपमहानगरपालिकामा बसेको बैठकले हेटौंडा उपमहानगरपालिकाको संयोजनमा स्थानीय सुरक्षा निकाय र मकवानपुर उद्योग बाणिज्य संघसंगको समन्वयमा यस वर्षको दिपावली तथा छट पर्व अवधिमा पर्व विशेषमा प्रयोग गरिने फुल, फलफुल, पूजा सामग्री, ध्वजापताका एवं किसानले डोकामा बेच्ने तरकारी किनबेच गर्नका बिभीन्न स्थानहरु तोकिएको कार्यबाहक मेयर लामाले जानकारी दिनिुभयो ।

बिभीन्न किसिमबाट फुटफाथमा कुनै पनि व्यवसाय गर्न एवं सडक तथा फुटपाथमा ल्याई मिठाई बनाउने र बेच्ने कार्यलाई पूर्ण रुपमा कडाइका साथ रोक लगाउने निर्णय गरेको छ । अस्थायी प्रकृतिका व्यवसाय तोकिएको स्थानमा मात्र गर्न र आफ्नो पसल बाहिर सामान निकालेर बेचविखन नगर्न सम्पूर्ण व्यवसायीहरुमा उपमहानगरपालिकाले निर्देशन दिएको छ । फूल, फलपूल, पूजा सामग्री, ध्वजापताका, किसानबाट डोकामा बेचिने तरकारीका लागि उपमहानगरपालिकाले विभिीन्न क्षेत्रहरु तोकेको छ ।

हेटौंडाको राप्ती रोड ब्लड बैंक भवनदेखि पश्चिमतर्फ हेटौंडा अस्पतालको पर्खाल बाहिरको जमिन, बसपार्क छिर्ने सुमार्गी कम्प्लेक्सको दक्षिणतर्फ रहेको जमिन, भूटनदेबी मा.वि. को भित्री कम्पाउण्ड, पल्पसा सभाहलको भित्री परिसर, बसपार्कको रेष्ट गार्डेनको पर्खालसंगैको बाहिरी पर्खाल वरिपरिको पेटी, साथै, पार्किंग व्यवस्थापनलाई सहज बनाउन यस पर्व अवधिभर हाल हेटौंडा अस्पताल छिर्ने चाइनागेट अगाडी रहेको एम्बुलेन्स तथा सवारी पार्किंग स्थललाई चाइनागेट अगाडीको सडक विभाग तर्फको खुल्ला जमिनमा स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ ।

अस्थायी बजारलाई व्यवस्थित गर्ने कार्यमा सम्बन्धित वडाका जनप्रतिनिधि, टोल विकास संस्था, राजनैतिक दल, सामाजिक संघसंस्था, व्यवसायी संघसंस्था लगायत नागरिक समाजलाई सहयोगका लागि अनुरोध गर्ने समेत निर्णय बैठकले गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको बैठकमा बजार क्षेत्रका (वडा नं. १, २, १० र ४ नं. वडाका ) वडाध्यक्ष तथा जनप्रतिनिधि, मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष र वरिष्ट उपाध्यक्ष, वडा प्रहरी कार्यालयका प्रमुख, जिल्ला टाफिक प्रहरी कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*