मकवानपुरमा दूधको पाउडर प्लान्ट निर्माण गर्ने प्रदेश सरकारको तयारी

जनपत्र
३ कार्तिक २०७६, आईतवार ०९:४१

हेटौंडा । मकवानपुर जिल्लामा दूधको पाउडर प्लान्ट निर्माण गर्ने तयारी गरिएको छ । प्रदेश–३ सरकारको लगानीमा जिल्लामा पाउडर प्लान्ट निर्माण गर्न लागिएको हो ।

प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले बहुवर्षिय योजना वनाएर दूधको पाउडर प्लान्ट निर्माण गर्ने तयारी गरेको हो । निजी क्षेत्र, सहकारी र दुध विकास संस्थान संगको साझेदारीमा मकवानपुरमा पाउडर प्लान्ट निर्माण गर्ने तयारीमा लागिएको प्रदेशका भूमि व्यावस्था, कृषि, तथा सहकारी मन्त्री दावा दोर्जे लामाले जानकारी दिनुभयो ।

बहुवर्षिय योजना अनुसार निर्माण गरिने पाउडर प्लान्टका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षको वजेटमा ५० लाख रुपैयाँ छुट्याएको छ । हरेक वर्ष लगानी गर्ने तयारीका साथ निर्माण गर्न लागिएको हो ।

दूधको पाउडर प्लान्ट निर्माण गर्दा ५१ प्रतिशत प्रदेश सरकारले लगानी गर्ने र अरु निजी, सहकारी क्षेत्रबाट लगानी गरेर काम गर्ने तयारी गरिएको मन्त्री लामाले वताउनुभयो । मकवानपुरको कुन स्थानमा पाउडर प्लान्ट निर्माण गर्ने भन्ने ठाउँको भने तय भएको छैन ।

यता निजी क्षेत्र भने सरकारको ४९ प्रतिशत र आफुहरु ५१ प्रतिशत लगानी गर्ने दाउमा रहेका छन् । त्यसैले पनि तत्काल काम सुरु गर्नका लागि प्रदेश सरकारलाई समस्या रहेको छ । दुध बढी भएको समयमा पाउडर वनाउनका लागि सहज होस भन्ने उदेस्यले प्रदेश सरकारले यो योजना ल्याएको हो । भारतबाट पाउडर ल्याउँदै आएपनि अहिले भने रोकिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*