मकवानपुरको थाहा नगरमा मोतिया विन्दुका विरामीको निशुल्क शल्यक्रिया

जनपत्र
२ कार्तिक २०७६, शनिबार १७:३२

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा मोतिया विन्दुका विरामीको निशुल्क शल्यक्रिया गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका नागरिकको निशुल्क शल्यक्रिया गरिएको हो । हेटौडा सामुदायिक आंखा अस्पताल अन्तर्गत थाहा नगरपालिकामा संचालित तिलगंगा सामुदायि आंखा केन्द्रमा निशुल्क आंखा शिविर संचालन भई ८४ जना मोतिविन्दुका विरामीहरुको निशुल्क शल्यक्रिया गरिएको छ ।

मकवनपुर जिल्लाका उत्तरी क्षेत्रका डांडाखर्क, गोगने, देउखेल, बज्रबाराही, फाखेल, दामन र नौखण्डेमा १ हजार भन्दा बढी बिरामीहरुको आंखा जांच एवम् निशुल्क औषधि वितण गरीएको थियो । शिविरमा १ सय २ जना मोतिविन्दुका बिरामीहरु छानिएका थिए । मोतिविन्दुका विरामीहरुलाई केन्द्रमा ल्याई निशुल्क शल्यक्रिया गरीएको थियो ।

भिजन हिमालय फाउण्डेशनको सहयोगमा संचालित शिविरमा तिन महिना देखि दुवै आंखा नदेख्ने जनकला शाहीको शल्यक्रिया पश्चात आंखा देख्दा निकै हर्षित थिइन । नेत्ररोग विशेषज्ञ डा. श्याम व्यास लगायतको टोलीले ९३ वर्षिय खडानन्द विडारी लगायत अन्य विरामीहरुको मोतिविन्दुको शल्यक्रिया गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*