मकवानपुरको उत्तरी क्षेत्र काठमाण्डौंको चाप घटाउने केन्द्र वन्दै

पर्यटकिय क्षेत्रको रुपमा परिचित उतरी क्षेत्र छ । चित्लाङ–थानकोट सुरुङ मार्ग निर्माणको तयारी हुँदै छ । मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माण संगै इन्द्रसरोवर प्रदेशको पर्यटकिय गन्तव्यका रुपमा विकास गरिदै छ ।
हरि हुमागाईं
१ कार्तिक २०७६, शुक्रबार ०९:०६

हेटौंडा । मकवानपुरको उतरी क्षेत्र आर्थिक गतिबिधिको केन्द्र र पर्यटकिय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । अझै पछील्लो समयमा काठमाण्डौ संग नजिक भएकाले पनि कुनैपनि रुपमा मकवानपुरको उतरी क्षेत्रलाई काठमाण्डौको चाप घटाउने केन्द्रका रुपमा पनि अगाडी वढाइएको छ ।

पहिलेको तुलनामा धेरैखालका सम्भावनाहरुको खानी, आर्थिक गतीबिधिको केन्द्र र काठमाण्डौ संग नजिक भएकाले पनि उत्तरी क्षेत्रमा धेरैखालका संभावनाहरु बढ्दै गएका छन् । पहिले देखिनै पर्यटकिय गन्तव्यको रुपमा परिचित उत्तरी क्षेत्र अहिले काठमाण्डौको विकल्पको रुपमा पनि अगाढी वढाउन थालिएको छ । काठमाण्डौको शहरमा घना वस्तीले वाक्लीदै जाँदा मकवापनपुरको उत्तरी क्षेत्रको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका यसको विकल्पको रुपमा अगाढी वढाइएको मकवानपुर क्षेत्र नम्बर २ का सांसद विरोध खतिवडाले वताउनुभयो ।

चित्लाङ–थानकोट सुरुङ मार्ग

मकवानपुरको थाहा नगरपालिकाको चित्लाङ र थानकोट जोड्ने सुरुङमार्ग निर्माण गरिने भएको छ । संघिय सरकारले यसक्षेत्रमा सुरुङमार्ग निर्माण गर्ने अन्तिम तयारी गरेको छ । सुरुङमार्ग वनिसक्दा काठमाण्डौबाट चित्लाङ सम्म आधा घण्टामा आईपुगिन्छ । त्यसैले काठमाण्डौंको विकल्पको रुपमा पनि चित्लाङ अगाढी वढ्न सक्ने छ । सुरुङमार्गकै कारण ठुलो आर्थिक गतिविधी वढ्न सक्ने छ । काठमाण्डौबाट चित्लाङ र थाहा नगरपालिकाकामा आउन र वस्न पनि सहज हुने छ । सुरुङमार्ग वनेपछी आर्थिक रुपमा पनि निकै चहलपहल हुने गन्तव्यका रुपमा अगाढी वढ्ने सांसद खतिवडा वताउनुहुन्छ ।

थाहा नगरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणको तयारी

मकवानपुरको थाहा नगरपालिकामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय निर्माणका लागि तयारी गरिएको छ । यसका लागि यस क्षेत्रमा जग्गा पर्यापत रहेको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले वताउनुभयो । नेपाल सरकारले नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिएको उक्त विश्वविद्यालयको पूर्वाधार विकासका लागि प्रारम्भिक रुपमा छलफल र अध्ययन गरी सहमत भइसकेको छ । यस विश्व विद्यालय निर्माण भएपछी देशभरका बिद्यार्थी अध्ययन गर्न आउने थलोका रुपमा विकाश हुने र काठमाण्डौको विकल्पका रुपमा पनि अगाढी वढ्ने सांसद खतिवडाले वताउनुभयो ।

विश्वविद्यालयमा चार हजारसम्म विद्यार्थी रहने छन् । पूर्वाधार समितिका लागि यो आर्थिक वर्ष एक अर्व १० करोड विनियोजित गरिएको छ । विधेयक लागू भएपछि आगामी वर्षदेखि विद्यालय सञ्चलनमा आउनेछ । समितिले ललितपुरको सैँबुका सम्पर्क कार्यालय स्थापना गरी काम गरिरहेको छ । मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकहरुको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्ने उद्देश्यले सो विश्वविद्यालय खुल्न लागेको हो ।

बजेट वक्तव्यमा अर्थमन्त्री डा युवराज खतिवडाले भनेका थिए, “विज्ञान तथा प्रविधिको विकास बिना उन्नत अर्थतन्त्र र आधुनिक राष्ट्र निर्माण सम्भव छैन । त्यसैले यस क्षेत्रमा विश्वस्तरको अध्ययन र अनुसन्धान विशिष्टीकृत विश्वविद्यालयका रुपमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना गर्ने प्रस्ताव गरेको छु ।”सरकारले सो विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकलाई यसअघिको सङ्घीय संसद्को अधिवेशनमा पेश गरिसकेको छ । विश्वविद्यालय मकवानपुरको थाहा नगरपालिकास्थित चित्लाङमा रहने विधेयकमा उल्लेख छ । हाल सो स्थलमा ७४० रोगनी जग्गा पहिचान भई प्राप्तिको क्रम शुरु भएको छ ।

विश्वविद्यालय विज्ञान तथा प्रविधि, मानविकी तथा सामाजिक शास्त्र, व्यस्थापन, कानून र न्यायलगायतका विषय र क्षेत्रमा केन्द्रित हुनेछ । विधेयकमा अन्य विश्वविद्यालयको भन्दा पृथकरुपमा सञ्चालनका लागि संरक्षक समिति गठनको प्रबन्ध गरिएको छ । त्यसको मातहतमा कार्यकारी परिषद् हुनेछ । कार्यकारी प्रमुखको हैसियतमा विश्वविद्यालयमा एक अध्यक्ष हुनेछन् । यो विश्वविद्यालयमा कुलपति र उपकुलपति हुँदैन ।

मकवानपुरको इन्द्रसरोवर प्रदेशको पर्यटकिय गन्तव्य

प्रदेश नम्बर ३ को उत्कृष्ट पर्यटकिय गन्तव्यका रुपमा मकवानपुरको इन्द्रसरोबरलाई छनौट गरिएको छ । एक प्रदेश एक पर्यटकिय गन्तब्यका रुपमा इन्द्रसरोबरलाई प्रदेश ३ को पर्यटकिय गन्तब्यका रुपमा अगाडी सारिएको हो । प्रदेशका १३ वटा जिल्ला मध्यमा जिल्लाको इन्द्रसरोबरलाई पर्यटकिय गन्तब्यका रुपमा लिइएको छ ।

पर्यटकिय गन्तब्यका रुपमा छनौट भएसंगै आउँदो आर्थिक बर्षका लागि इन्द्रसरोबरलाई एक करोड रुपैयाँ बजेट समेत छुट्याएको मकवानपुर प्रतिनिधि सभा क्षेत्रनम्बर २ का सांसद बिरोध खतिवडाले बताउनुभयो । यसैगरी प्रदेश ३ सरकारले पनि इन्द्रसरोवरलाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने योजना वनाएको छ । त्यही अनुसार वजेट पनि टुट्याएको छ ।

संघिय सरकारको पर्यटन मन्त्रालयले एक प्रदेश एक पर्यटकिय गन्तब्यका रुपमा छनौट गर्दा इन्द्रसरोबरलाई छनौट गरेर बजेट समेत छुट्याएर काम गर्न लागिएको सांसद खतिवडाले बताउनुयो । संघिय सरकारले पर्यटकिय क्षेत्रका लागि पनि पछील्लो समय बजेट छुट्याएर आन्तपरक तथा बायह पर्यटक भित्रयाउन लागेको छ । पर्यटकिय गन्तब्यका रुपमा छनौट गरिएको इन्द्रसरोबरलाई बषै पिच्छे रकम छ्ट्याएर काम गर्ने तयारी गरेको छ ।

यसैगरी देशैभरीका एक सय वटा पर्यटकिय क्षेत्र छनौट गर्दा मकवानपुरका तीन स्थानलाई पनि छनौट गरिएको छ । पर्यटन मन्त्रालयले देशभरीमा एक सय वटा पर्यटकिय क्षेत्र छनौट गर्ने क्रममा मकवानपुरको दामन, मकवानपुर गढी र इन्द्रसरोबरको फाखेलमैत्री पार्कलाई छनौट गरिएको सांसद खतिवडाले बताउनुभयो । छनौट भएसंगै बजेट पनि संघिय सरकारले छुट्याएर यसलाई अझै पर्यटक भित्रयाउनका लागि काम गर्ने तयारी गरेको छ । त्यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले पनि मानब निर्मीत इन्द्रसरोवरलाई पर्यटकिय क्षेत्रको रुपमा काम गरिरहेको छ ।

दामन, पालुङ, चित्लाङ पहिले देखिकै पर्यटकिय क्षेत्र

मकवानपुरको थाहा नगरपालिका अन्तरगत पर्ने, सिमभन्ज्याङ, दामन, पालुङ, चित्लाङ, पर्यटकिय क्षेत्रका रुपमा परिचित छन् । यस क्षेत्रमा घुम्न आउने स्वदेशी र विदेशी पर्यटक पनि निकै रहेको स्थानीय वासिन्दाहरु वताउँछन् । पछील्लो समयमा थाहा नगरपालिका क्षेत्रमा घुम्न आउनेहरु धेरै बृद्धी भएको थाहा नगरपालिकाका मेयर लवशेर विष्ट वताउनुहुन्छ । काठमाण्डौंबाट चित्लाङ, पालुङ लगायतका स्थान सम्म आईपुग्ने सडक पनि स्तरउन्नती गरेर विकास गरिदै छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*