रवि लामीछानेलाई विदेश जाँदा अदालतको अनुमती लिनुपर्ने जिल्ला अदालतको आदेश बदर

हेटौंडा । सञ्चारकर्मी रवि लामीछानेलाई विदेश जाँदा अदालतको अनुमती लिनुपर्ने जिल्ला अदालतको आदेश बदर उच्च अदालत पाटन हेटौंडा इजलासले वदर गरेको छ । रवि लामीछाने र युवराज कँडेललाई स्वास्थ्य उपचारका लागि विदेश जाँदा अनिवार्य अदालतको अनुमती लिनुपर्ने चितवन जिल्ला अदालतको आदेशलाई उच्च अदालत पाटन हेटौँडा इजलाशले बदर गरिदिएको हो ।
आज उच्च अदालत पाटन हेटौंडा इजलाशमा चितवन जिल्ला अदालतको थुनछेक आदेश बिरुद्ध सरकारी वकील सहीत रवि लामीछाने र युवराज कँडेलले छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले विदेश जाने प्राबधान बाहेकका चितवन जिल्ला अदालतबाट भएको आदेश भने मिलेकै देखीएको भन्दै उच्च अदालतले सदर गरिदिएको छ ।
दुबै मुद्दा एकै विषयको भएको भन्दै एकै लगाउमा राखेर आज बहस भएको थियो । न्यायधिश द्वय महेन्द्रनाथ उपाध्याय र चण्डीराज ढकालको इजलाशले विदेश जाँदा अदालतको अनिवार्य अनुमति लिनुपर्ने आदेश भने बदर गरिदीएको हो । चितवन जिल्ला अदालतले सञ्चारकर्मी शालीकराम पुडासैनीको आत्महत्या प्रकरणमा रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेको थियो । यस्तै लामिछाने र कँडेललाई भने जनही क्रमशः ५ लाख र ३ लाख रुपैयाँ धरौटी माग गरेको थियो ।