मकवानपुरको भिमफेदी–कुलेखानी सहित १३ सुरुङमार्ग अध्ययन गरिँदै

हेटौंडा । सरकारले मकवानपुरको भिमफेदी–कुलेखानी सहित १३ सुरुङमार्ग अध्ययन गर्न लागेको छ । कुलेखानी–भीमफेदी सुरुङमार्गको लम्बाइ ३दशमलव १६ किमि हुने सम्भाव्यता अध्ययनमा देखिएको छ ।
सरकारले सडक सञ्जाललाई सुरक्षित र छोटो बनाउन यो वर्ष १३ वटा सुरुङमार्ग र अन्डरपासको सम्भाव्यता अध्ययन गर्ने भएको छ । तीमध्ये ८ सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन भइसकेको छ भने ५ वटाको बाँकी छ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण सुरु हुने क्रममा छ । भौतिक पूर्वाधार तथा योजना मन्त्रालयको वार्षिक कार्यक्रममा चालु आर्थिक वर्ष १२ सुरुङमार्गको अध्ययन गर्ने उल्लेख छ ।
सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत पूर्वसम्भाव्यता अध्ययनका लागि ५९ करोड रुपैयाँ खर्च छुट्ट्याइएको छ । ‘केन्द्रीय सडक सञ्जाललाई छोटो, सजिलो, फराकिलो र सुरक्षित बनाउन अग्ला पुल वा सुरुङ निर्माण गर्नुपर्छ,’ सडक विभागका महानिर्देशक केशवकुमार शर्माले कान्तिपुरसँग भने, ‘अबको दशक सुरुङमार्ग अध्ययन र निर्माणमा जोड दिने सोचाइमा छौं ।’
राजधानीबाट बाहिरिने प्रमुख नाका नागढुंगाबाट सिस्नेखोलासम्म बनाइने सुरुङमार्गको अर्को साता ९कात्तिक ४ गते० शिलान्यास हुँदै छ । नागढुंगा सुरुङमार्ग आयोजनाका अनुसार मंसिररपुस ९डिसेम्बर० बाट यो सुरुङमार्गको निर्माण थालिनेछ । सुरुङमार्ग २।७० किमि र त्यसका लागि सडक २।८० किमि गरी साढे ५ किमिको काम हुने आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । साढे ३ वर्षमा निर्माण पूरा हुने यो योजनाको परामर्श, मुआब्जा र निर्माण गरी २२ अर्ब रुपैयाँ कुल लागत छ ।
आयोजनाका अनुसार १६ अर्ब रुपैयाँ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका० को सहुलियत ऋण सहयोग र अरू खर्च नेपाल सरकारले गर्नेछ । करिब ६ अर्ब रुपैयाँ मुआब्जा दिनुपर्नेमा पौने ५ अर्ब दिइसकेको आयोजनाले जनाएको छ । यसको ठेक्का १४ अर्ब रुपैयाँमा जापानी कम्पनी हाजामा एन्डो कर्पोरेसनलेपाएको छ ।
नागढुंगा–सिस्नेखोला सुरुङमार्गअन्तर्गत दुई लेनको एउटा मुख्य सुरुङमार्ग र अर्को एक लेनको उद्धार ९इभाकुएसन० सुरुङमार्ग बन्नेछ । मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उद्धार सुरुङमार्ग साढे ४ मिटर हुनेछ । दुई सुरुङमार्ग २५ मिटरको दूरीमा हुनेछन् । बीचबीचमा गेट रहनेछन् । यसले मुख्यगरी नागढुंगाको सडक चाप
घटाउने छ ।
पूर्वसम्भाव्यता अध्ययन भएका सुरुङमार्ग
सडक विभागका अनुसार हालसम्म ८ वटा सुरुङमार्गको विभिन्न निकायले पूर्वसम्भाव्यता अध्ययन गरेका छन् । पूर्वसम्भाव्यता अध्ययन भएकामध्ये ५ वटाको मस्यौदा प्रतिवेदन प्राप्त भइसकेको विभागले जनाएको छ । पूर्वसम्भाव्यता अध्ययन भएकामा सिद्धबाबा ९सिद्धार्थ राजमार्ग०, टोखा–छहरे–गुर्जे, खुर्कोट–सिन्धुली, दोलखाको लामाबगर, पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डको दाउन्ने, पोखरा–बागलुङ राजमार्गको हेम्जा–नयाँपुल, कुलेखानी–भीमफेदी र बेत्रावती–घट्टेखोला ९रसुवागढी नजिक० सुरुङमार्ग छन् ।
बुटवल सिद्धबाबा सुरुङमार्गको लम्बाइ १।२४ किमि छ । पहिरो खसिरहने यो खण्डमा सडक यात्रा जोखिमपूर्ण हुने गरेको छ । सडक विभागका प्रवक्ता शिवहरि सापकोटाका अनुसार यसको स्वीस सरकारको सहयोगमा विस्तृत इन्जिनियरिङ भएर अन्तिम चरणमा पुगेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा काठमाडौं–रसुवा–केरुङ सडकमार्गसँगै दुई खण्डको सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा निर्माण गर्ने समझदारी भएको छ । विभागका अनुसार एउटा खण्ड काठमाडौंको टोखा–नुवाकोटको छहरे–गुर्जे सुरुङमार्गको ३।५५ किमिदेखि ५।२० किमि छ ।
अर्को खण्ड रसुवाको उत्तरगया गाउँपालिका–५ को बेत्रावतीदेखि रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–२, घट्टेखाला ९रसुवागढी नाकाभन्दा करिब २ किमि वर० २४ किमि सुरुङमार्ग बनाउन अध्ययन गरिनेछ । विभागले पूर्वसम्भाव्यता अध्ययन गरेका यी सुरुङमार्गको सम्भाव्यता अध्ययन हुन बाँकी छ ।
खुर्कोट–सिन्धुली सुरुङमार्गको लम्बाइ ४।९० देखि ६।४५ किमि, दोलखाको लामाबगर सुरुङमार्ग १।४५ देखि ३।५९ किमि, दाउन्ने खण्डको सुरुङमार्ग ४।९० देखि ६।१० किमि, हेम्जा–नयाँपुल सुरुङमार्ग ७।०५ देखि ८।३८ किमि र कुलेखानी–भीमफेदी सुरुङमार्गको लम्बाइ ३।१६ किमि हुने सम्भाव्यता अध्ययनमा देखिएको विभागले जनाएको छ ।
सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका निर्देशक शिव नेपालले सवारीको चाप र आर्थिक लाभअनुसार सुरुङमार्गमा जोड दिएको बताए । ‘प्रशस्त सवारीसाधन चल्ने र सडक लम्बाइ घट्ने ठाउँमा सुरुङ बनाउन जोड दिएका छौं,’ नेपालले भने, ‘निर्माण खर्चिलो छ, त्यसैले लगानीको प्रतिफल आउने ठाउँमा बनाउनुपर्छ भन्ने मान्यता छ ।’
प्राविधिकहरूका आकलनअनुसार सामान्यतः एक किमि सडक बनाउन करिब १० करोड र त्यति नै सुरुङमार्ग बनाउन करिब ३ अर्ब रुपैयाँ खर्च हुन्छ ।
अध्ययन हुन बाँकी सुरुङ मार्ग
विभागको सुरुङ अध्ययन कार्यक्रममा परेका ५ वटा सुरुङमार्गको पूर्वसम्भावयता अध्ययन हुन बाँकी छ । उसले प्राथमिकताअनुसार छुट्टाछुट्टै वा समग्रता ९प्याकेज० मा अध्ययन गर्ने जनाएको छ । जसमध्ये थानकोट–चित्लाङ सुरुङमार्गको पूर्वसम्भाव्यता भइरहेको छ ।
अध्ययन हुन बाँकीमा अरनिको राजमार्गको कोटेश्वर–जडीबुटी, बीपी राजमार्गको खुर्कोट–चियाबारी ९सिन्धुली०, कैलालीको खुटियादेखि बीपीनगर हुँदै दिपायल खण्ड, ललितपुरको गोदावरीदेखि काभ्रेको मानेचौर र काठमाडौंको बानेश्वर अण्डपास छन् ।
गणेशमानसिंह मार्गअन्तर्गत थानकोट–चित्लाङ सुरुङमार्गको स्वीसले आधारभूत डिजाइनको काम गरिरहेको विभागले जनाएको छ । ‘थानकोट–चित्लाङ र सिद्धबाबा सुरुङमार्गको वातावरणीय र सामाजिक अवस्थाको अध्ययन बाँकी छ,’ गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक
नेपालले भने, ‘त्यो अध्ययन हामी आफैं गर्छौं ।’
सञ्चालन र बन्द सुरुङमार्ग
दोलखाको लामाबगर जाने सडकको काभ्रे भीरमा निर्मित ३ सय ४० मिटर सुरुङ मार्ग हाल चालु अवस्थामा छ । तिब्बती सीमानजिकको यो सुरुङमार्ग दुई वर्षअघि सञ्चालनमा आएको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले प्रवेश मार्गका रूपमा निर्माण गरेको यो सुरुङमार्गमा आयोजना र सार्वजनिक यातायात सञ्चालन भएका छन् । राजधानीमा कलंकी अन्डरपास सञ्चालनमा छ । नेपालमा पहिलो पटक एक शताब्दीअघि राणाकालमा हेटौंडाको चुरियामाईमा करिब ७ सय फिट सुरुङमार्ग बनेको थियो । अहिले यो बन्द छ । कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।