थाहा नगरको वडा कार्यालयमा आगजनी गरेको आरोपमा ५ जना पक्राउ

घटनालगत्तै सुरक्षा प्रमुख थाहा नगरमा
जनपत्र
२७ आश्विन २०७६, सोमबार १६:४३

हेटौंडा । मकवानपुरको थाहा नगरपालिकाको वडा कार्यालयमा आगजनी गरेको आसंकामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । थाहाको ५ वडा कार्यालयमा भएको आगजनीमा संलग्न रहेको आशंकामा ५ जनालाई प्रहरीले पक्राउ गरेकोे हो ।

पक्राउ परेकाहरुको अनुसंधान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले वताउनुभयो । कसले आगजनी गरेको भन्ने अहिलेनै भन्न नसक्ने प्रहरीले जनाएको छ । तर, नेत्रबिक्रम चन्द विप्लप नेतृत्वको माओबादीले आगजनी गरेको हुन ससक्ने आसंका पनि प्रहरीको छ । यसअघि पनि श्रृखलावद्ध रुपमा आगजनी भएका थिए । त्यसस लगतै फेरी वडा कार्यालय सम्म पनि आगजनी भएको छ ।

गए राति नगरपालिकाको आरनडाँडामा रहेकोे कार्यालयमा आगजनीमा संलग्न रहेको भन्दै ५ जनालाई इलाका प्रहरी कार्यालय पालुङले पक्राउ गरेको हो । पक्राउ पर्नेको नाम सार्वजानिक गरेको छैन । २६ गते राति कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको बताइएको छ ।

पेट्रोल तथा मट्टितेल लगिएको बोतल कार्यालय छेवैमा भेटिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । आगलागीको क्रममा विद्युत मिटर बक्स पड्केको आवाजपछि गाउँलेले घटनाबारे प्रहरीलाई जानकारी गराएका थिए । आगजनीबाट कार्यालयको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताउनुभयो । घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।

घटनालगत्तै सुरक्षा प्रमुख थाहा नगरमा

वडा कार्यालयमा भएकोे आगजनीको घटनासँगै मकवानपुरका सुरक्षा प्रमुख थाहा नगर पुगेका छन् । घटनाको बारेमा अध्ययनका लागि मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, मकवानपुरका प्रहरी प्रमुख मुकेश सिंह, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक विकास घिमिरेसहितकोे टोली घटनास्थल पुगेको हो ।

घटनाको बारेमा सुक्ष्म नचलिरहेको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिंहले बताउनुभयो । अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिएर कारबाही अघि बढाएको उपरीक्षक सिंहले बताउनुभयो ।

आगजनीका कारण कार्यालयको कम्प्युटर, प्रिन्टरसहितका विद्युतीय उपकरण र कार्यालय प्रयोजनका सामग्री जलेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*