थाहानगरमा आगजनीको श्रृंखला, वडा कार्यालयमा समेत आगजनी

जनपत्र
२७ आश्विन २०७६, सोमबार ११:२७

हेटौंडा / अज्ञात समूहले उत्तरी मकवानपुरको थाहानगर–५ को कार्यालयमा आगजनी गरेको छ । वडा कार्यालय यस वर्ष बनाइएको हो ।
वडास्थित सानो फाखेलको आरनडा“डामा रहेको वडा कार्यालयमा आइतबार मध्यरात आगजनी गरिएको वडा अध्यक्ष विष्णुबहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले भने–ढोका फुटाएर, पेट्रोल, मट्टीतेल छर्केर आगो लगाइएको छ । विद्युत् मिटर बक्स फुटेको आवाजपछि गाउ“लेले थाहा पाएछन् ।

स्थानीयले आगो निभाएर जनप्रतिनिधिलाई खबर गरेको वडा सदस्य चमेली वाइबाले जानकारी दिइन् । ‘कार्यालय पूर्णरुपमा ध्वस्त भएको छ, केही बा“की छैन,’ वाइबाले भनिन् ।

वडा कार्यालयका सबै कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । आगजनीको कुनै समूह तथा व्यक्तिले जिम्मा लिएको छैन ।

थाहानगर–३, शिखरकोटमा पार्किङ गरेर राखेको ट्रिपर र जेसीभीमा अज्ञात व्यक्तिहरुले बिहीबार राति आगजनी गरेका थिए । थाहा उद्योग वाणिज्य संघको भवननजिक पार्किङ गरेर राखिएको बा. ३ क १२१५ नम्बर ट्रिपर र ना. १ क ३२४२ नम्बर जेसीभीमा आगजनी गराएर क्षतिग्रस्त बनाइएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अटोमा चढेर आएका व्यक्तिहरुले आगजनी गरेर भागेको स्थानीयले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*