मकवानपुरको थाहानगरमा टिफर र जेसिबिमा आगजनी

जनपत्र
२४ आश्विन २०७६, शुक्रबार १९:२३

हेटौंडा। मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका-३ शिखरकोटमा पार्किङ गरेर राखेको ट्रिपर र जेसिभीमा अज्ञात व्यक्तिहरुले बिहीबार राति आगजनी गरेका छन् ।

थाहा नगरपालिका शिखरकोटस्थित थाहा उद्योग वाणिज्य संघको भवन नजिक पार्किङ गरेर राखेको बा ३ क १२१५ नम्बरको ट्रिपर र ना १ क ३२४२ नम्वर जेसिभीमा आगजनी गराइ क्षतिग्रस्त बनाएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अटोमा चढेर आएका व्यक्तिहरुले आगजनी गरेर भागेको स्थानीयवासीले बताएका छन् । आगजनीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*