समृद्धीको अभियानलाई हरेक नेपालीको एजेण्डा वनाएमा मात्र परिवर्तन सम्भव छ–मन्त्री नेपाल

जनपत्र
२४ आश्विन २०७६, शुक्रबार १८:४८

हेटौंडा । प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण अरुण प्रसाद नेपालले प्रदेशमा विकास निर्माणका कामहरु दु्रत रुपमा अगाढी वढेको वताउनु भएको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर १० कार्किटारमा स्थापना गरिएको सामुदायिक तालिमकेन्द्र भवन उद्घाटन गर्दै उहाँले यस्तो कुरा वताउनुभएको हो ।

सरकारले समृद्धीको अभियानलाई अगाढी वढाएको वताउँदै भन्नुभयो–‘समृद्धिको अभियानलाइ जबसम्म हरेक नेपालिको एजेन्डा बनाउन सकिँदैन तबसम्म परिवर्तन सम्भव हुँदैन, सरकारको एकल प्रयत्नबाट मात्र राष्ट्र समृद्ध बन्न सक्दैन ।’

कार्किटारमा भएका पर्यटकीय सम्भावनाहरुको खोजी सबैले गर्नुपर्ने वताउँदै मन्त्री नेपालले यो योजना सफल बनाउन प्रदेश सरकारले यथासम्भव सहयोग गर्ने वताउनुभयो । तिनै तहको सरकार सकारात्मक दिशामा अगाडि बढेका उहाँको भनाई छ । विकास निर्माणका कामहरुले केही परिणामहरु देखिन थालिसकेको उहाँले वताउनुभयो ।

सामाजिक संजालमा आएका कुराहरुबाट मात्रै धारणा बनाउनु उचित नहने उहाँले वताउनुभयो । अहिलेको समयमा भ्रममा पार्नेहरुको पछि नलाग्न आग्रह गर्दै भन्नुभयो–‘निराश नहौँ, सरकार सहि दिशामा अघि बढिरेको छ ।’

कार्यक्रममा प्रदेश सभाका सदस्य शरेस नेपालले यस क्षेत्रको विकासको लागि ३ नम्बर प्रदेश सरकारले आवश्यक बजेटको व्यवस्था गरेको वताउनुभयो । सडकको स्तरोन्नतिको लागि नगरपालिकाबाट ५० लाख र प्रदेश सरकारबाट ५० लाख गरि १ करोडको काम सम्पन्न हुने र कालोपत्रेको डिपिआर छिट्टै सम्पन्न हुने उहाँले वताउनुभयो ।

कार्यक्रममा जापानका तोमो इनोइ, आइ.सि.एले आफुहरुले आफ्नो क्षमताले भ्याएसम्म आगामि दिनहरुमा पनि सहकार्य र सहयोग गर्न तयार रहेको वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*