दुर्घटनाका घाइतेको उद्धार गर्न हेलीकोप्टर लिएर पुगे प्रदेश ३ का मन्त्री दुलाल

दुर्घटनाका घाइतेलाई काठमाण्डौका अस्पतालमा आफै वसेर उपचार गराउँदै ।
जनपत्र
२४ आश्विन २०७६, शुक्रबार १४:५१

हेटौंडा । प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल सिन्धुपाल्चोकमा भएको बस दुर्घटनास्थल पुग्नु भएको छ । वस दुर्घटना भए लगत्तै उहाँ नेपाली सेनाको हेलीकोप्टर लिएर दुर्घटनामा घाईते भएकाहरुको उद्धार गर्नका लागि सिन्धुपाल्चोक पुग्नु भएको हो ।

त्यस क्षेत्रका सांसद समेत रहेका मन्त्री दुलालले सेनाको हेलिकोप्टर मार्फत सबै घाईतेहरुको उद्धार गरेर काठमाण्डौका बिभीन्न अस्पतालमा उपचार गराउनुभएको छ । वस दुर्घटना भएको थाहा पाए लगत्तै गृह मन्त्रालय संग कुराकानी गरेर हेलीकोप्टर मार्फत घाईतेहरुको उद्धार गरिएको मन्त्री दुलालले वताउनुभयो ।

सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिकामा वस दुर्घटना भएको हो । घटनास्थल पुग्नुभएका मन्त्री दुलाल संगै सबै घाईतेहरुलाई लिएर काठमाण्डौका अस्पतालमा पुगेर घाईतेको उपचारमा कुनै पनि कसर बाँकी नराख्नका लागि निर्देशन समेत दिनुभयो । मन्त्री दुलाल दुर्घटनाका घाइतेलाई काठमाण्डौका अस्पतालमा आफै वसेर उपचार गराउँदै हुनुहुन्छ । काठमाण्डौका थीन वटा अस्पतालमा घाईतेहरुको उपचार गराइरहनु भएको छ ।

सिन्धुपाल्चोक वस दुर्घटनामा घाईते भएकाहरुको काठमाण्डौको ट्रमा सेन्टरमा १३ जना, धुलिखेल अस्पतालमा ५३ जना र वनेपामा केही घाइतेहरुको उपचार भईरहेको छ । सबै घाईतेको अवस्था वुझनका लागि मन्त्री दुलाल अस्पतालमा पुग्नु भएको छ । सिन्धुपाल्चोकमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ । ४० भन्दा बढी घाइते छन् ।

सिन्धुपाल्चोकको सुपाघाटबाट काठमाडौंतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा शुक्रबार बिहान ९ः५५ बजे दूर्घटनामा परेको थियो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनालाई उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।

उपचारका क्रममा थप ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने मध्ये इन्द्रावती-९ की ४६ वर्षीय जुनादेवी लम्साल र  इन्द्रावती-१० का २० वर्षीय गणेश तामाङको मात्रै सनाखत भएको छ । अन्पको पहिचान खुलिसकेको छैन ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए । प्रहरीका अनुसार ग्रामिण सडकमा रहेको घुम्तीबाट बस सडकबाहिर अन्दाजी ६० मिटर तल खसेको थियो । दूर्घटनाको कारणबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

शुक्रबार विहान करिव साढे ८ बजेतिर सिपाटरबाट छुटेको बा २ ख २७१५ नम्बरको बसमा यात्रुहरु खचाखच भरिएका थिए । बसभित्र सिटमा मात्र होइन, खाली ठाउँमा पनि मानिसहरु उभिएर बसेका थिए ।

दशैं मानेर फर्किनेहरु बसको छतमा पनि बसेका थिए । यात्रु रामकुमार थापाका अनुसार बाटामा थुप्रै यात्रुले बस चढ्न चाहेका थिए तर यात्रु खचाखच भएका कारण बस रोकिएन । बसको गति पनि अनियन्त्रित जस्तो थिएन ।

सिपाघाटबाट ६/७ किलोमिटर मात्र गुडेको बस तिहुको मोड आइपुग्दा दुर्घटनामा पर्‍यो । ‘एउटा मोड केटेपछि टायर पञ्चर भयो भने गाडी रोकियो’ सिपाटरबाटै बस चढेका भीमटारका थापा भन्छन्, ‘सडक ओरालो आरोलो रहेछ । ड्राइभरले सहचालकलाई ‘ओत हाल भाइ’ भन्दाभन्दै गाडी अगाडि बढ्यो ।’

१२० भन्दाबढी यात्रुले भरिएको बसको आरोलो बाटोमा टायर पञ्चर भएपछि ब्रेकले काम गरेन । त्यसपछि करिव १०० मिटरजति आलालो दौडिएको बस अनियन्त्रित भएर सडकमा बजारियो र बल्ड्याङ खायो ।

दुर्घटना परेको बस रोकिएपछि आफू सीसी फुटाएर बाहिर आएको भन्दै यात्रु थापा भन्छन्, ‘त्यसपछि श्रीमतीलाई बोलाए र उद्दारका लागि गाउँमा खबर गरेँ ।’ मानिसहरु गाडी र मोटरसाइकलमा आएर दुर्घटनामा परेकाहरुको उद्दार गरेको उनले सुनाए ।

प्रहरीकाअनुसार दुर्घटनास्थलमा पाँच जनाको मृत्यु भएको छ भने एक जनाको अस्पताल लैजाँदै गर्दा । पाँच जनाको भने धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले पुष्टि गरेको छ ।

सिन्धुपाल्चोक बस दुर्घटना – मृत्यु जितेर फर्किएकाहरु भन्छन्, ‘अर्को जुनी पाइयो’

स्थानीय  जलेश्वर आधारभूत विद्यालयका प्रधानाध्यापक गुणनिधी लम्साल भक्तपुरको कमलबिनायकमा रहेका आफ्ना बिरामी भिनाजु भेटनको लागि शुक्रबार बिहान सिपाटारबाटबाट बस चढे ।  दसैंमा टीका थाप्न आएका उनका ज्वाइँ समेत बसमा सँगै यात्रा गर्दै थिए । बस कोचाकोच थियो । अन्तिमको भन्दा अगाडिको सिटमा लम्साल बसेका थिए । ‘दुर्घटना हुनुभन्दा अगाडि बस तीव्र गतिमा कुदयो,  त्यसपछि रोकिए जस्तो भयो,’ धुलिखेल अस्पतालमा उपचाररत लम्सालले रातोपाटीसँग भने ।

बसले दुइ–तीन बल्ड्याङ खायो, तल पुगेर रोकियो, यति हुँदासम्म पनि लम्साललाई खासै चोट लागेको थिएन । उनको औला र शरीरमा केही चोटमात्र लागेको थियो । उनले दुर्घटनाको स्मरण गर्दै भने, ‘ बाहिर निस्केपछि हेर्दा हेरिसक्नु भएन, मैले फोनबाट अरुलाई जानकारी गराए ।’

दसैं भएकाले अधिकास गाउँबाट काठमाडौ फर्कने, माइती, मामाघर, ससुराली र आफन्तका गएकाहरु घटना परेका छन्  । काठमाडौंँको जोरपाटीमा रहेको मनकामना स्कुल पढने कृति कुँवर र उनकी बहिनी रक्षा (ठुली ममिकी छोरी) सिपापोखरे मामाघरमा दशै मनाउन गएका थिए । बस खस्दा कृतीलाई अरु कसैले झ्यालबाट बाहिर फालिदियो ।

बहिनी भने भित्र नै भइन । तर भाग्ने क्रममा उनी सानी भएकाले धेरैले कुल्चिए । मुहार र अन्यत्र सामान्य चोट भएका कुँवर दिदिबहिनी एउटै पोशाकमा थिए । बसमा सवार प्रत्यक्षदर्शीका अनुसार बसमा १ सय २० हराहारी मानिस थिए ।

बसमा बालबालिकाको संख्या निकै थियो ।  त्यसैले एउटा सिटमा  ४ जनासम्म कोचिएर बसेका थिए । छतमा धेरै यात्रु थिए । केहीले भने छतबाट हामफलेर ज्यान जोगाएको समेत घाइतेले बताए ।

कच्ची सडक क्षमता भन्दा चौब्बर यात्रु र यान्त्रिक खराबीका कारण बस दुर्घटना भएको स्थानीयको भनाइ छ । शुत्रबार विहान सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकामा भएको बस दुर्घटना अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।

सिपाटारबाट काठमाडौ आउदै गरेको बस इद्रावती गाउँ पालिका(१० तिखुको मोडमा बस दुर्घटना भएको थियो । सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।

बस दुर्घटना मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।घाइतेहरुको स्थानीय स्वास्थ केन्द्र, धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल बनेपा, वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*