दशैको टिकाको दोस्रो दिनः मकवानपुरमा आफन्तकहाँ टिका लगाउन जानेको लर्को

जनपत्र
२२ आश्विन २०७६, बुधबार ०९:४१

हेटौंडा । दशैको टिकाको आज दोस्रो दिन टिका लगाउन आउने र जानेहरुको आज पनि मकवापुरमा निकै लर्को लागेको छ । हिजो टिकाको दिनमा मान्यजनका हातबाट टिका लगाएकाहरु आज पनि आफन्तकहाँ टिका लगाउन, जाने र फर्कनेहरुको लर्को लागेको छ । बिशेष गरी मकवापनुरको गाउँ गाउँमा सवारीका साधनको अभावमा बालवच्चा च्यापेर ओहोर दोहोर गर्नेहरु धेरैनै रहेका छन् ।

दशैँको टीकाको भोलिपल्ट पर्ने यो एकादशीको आफ्नै विशेष महत्व छ । आजको दिन बिहानै उठेर नुहाइ(धुवाइ चोखो कपडा लगाएर व्रत सुरु गर्ने गरिन्छ । पूजापाठ र मन्दिर दर्शनपछि एकादशी महिमा सुन्ने चलन पनि छ ।

आजको एकादशीमा व्रत बस्नाले मामाघर तर्फबाट दश पुस्ता, पितृकुल तर्फबाट दश पुस्ता र श्रीमती या श्रीमानको कुलतर्फबाट दश पुस्ता पितृहरुले बैकुण्ठ प्राप्त गर्ने शास्त्रीय मान्यता तथा जनविश्वास छ ।

दशैँमा काटमार गरिने र त्यसकै सेरेफेरोमा पर्ने हुनाले बोलीचालीको भाषामा मानिसहरुले पापकुंशा एकादशीलाई ‘गिद्दे एकादशी’ पनि भन्ने गर्दछन् । आज सुन, तिल, जौ, अन्न, भूमी, छाता र जुत्ता दान गर्नाले मृत्युपछि स्वर्गलोक प्राप्त हुने विश्वास रहिआएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*