मकवानपुरमा लिङ्गे पिङमा झुम्मीदै बालबालिका देखि बृद्ध सम्म

हेटौंडा । मकवानपुरका गाउँ गाउँ र हेटौंडामा समेत दशैमा पिङ खेल्नेहरु धेरै रहेका छन् । दशैमा एक पटक भनेपनि जमिन छोड्नुपर्छ भन्ने मान्यतालाई आत्म साथ गर्दै पिङमा रमाउनेहरु धेरै रहेका छन् । बिशेषगरी हेटौंडा उपमहानगरपालिका क्षेत्रका ठाउँ ठाउँमा लिङ्गे पिङ बनाइएको छ ।
बर्षमा एक पटक शहरबाट गाउँ आएकाहरु भने पिङमा धेरै रमाउने गरेका छन् । त्यसैगरी मकवानपुरको थाहा नगरपालिका, मकवानपुर गढी गाउँपालिका, इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, मनहरी गाउँपालिका, राक्सीराङ गाउँपालिका, बकैया गाउँपालिका, बागमती गाउँपालिका लगायतका क्षेत्रमा लिङ्गे पिङ बनाएर खेल्न थालिएको छ । पिङमा सबै भन्दा बढी बालबालिका झुम्मीने गरेका छन् । गाउँका खाली चौरमा लिङ्गे पिङ खेल्नका लागि निकै रमाईलो लागेको मकवानपुर गढीका राम तिमल्सीना वताउनुहुन्छ ।