मकवानपुरमा गुडिरहेको कार जलेर नष्ट

जनपत्र
२८ मंसिर २०८२, शनिबार १२:४८

हेटौंडा — हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो वैकल्पिक मार्गमा गुडिरहेको भारतीय नम्बर प्लेट भएको कारमा गएराति आगलागी भएको छ ।

कार आगलागीका कारण क्षतिग्रस्त भएको छ । हेटौंडा–भीमफेदी–कुलेखानी, सिस्नेरी हुँदै दक्षिकाली सडक खण्डको ईन्द्रसरोवर गाउँपालिका–३ महादेव मन्दिर नजिकै आगलागी भएर कार जलेको हो ।

छोटो मार्ग भएर हेटौंडाबाट–काठमाडौंतर्फ गइरहेको बिआर ०१ एफ १६८३ नम्बरको कारमा एक्कासी आगलागी भएको थियो । कारमा चालकसहित यात्रुहरु थिए । कारमा आगलागी हुने बितिक्कै चालकसहित सकुशल बाहिर निस्केको सिस्नेरी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रामप्रसाद यादबले बताए ।

कारभित्रको तार सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । प्रहरीले यात्रुहरुलाई अर्को सवारी साधनमा हालेर काठमाडौंतर्फ पठाएको जनाएको छ । सहायक निरीक्षक यादवका अनुसार कार पूर्ण जलेर नष्ट भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*