हेटौंडामा “समुदाय–प्रहरी साझेदारी कार्यक्रम”
हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले “समुदाय–प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत हेटौंडा उपमहानगरपालिका–४ स्थित ब्रह्मदिक एकेडमीका कक्षा ९ का विद्यार्थीलाई लक्षित गर्दै “प्रहरी संग १ दिने” कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रमका क्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले प्रहरीले सञ्चालन गर्ने नियमित कार्यप्रणाली, शान्ति–सुरक्षा कायम राख्ने विधि, अपराध नियन्त्रणका उपाय तथा हाल बढ्दै गएको साइबर अपराधका जोखिम र रोकथामका उपाय बारे विस्तृत प्रशिक्षण प्रदान गरेका थिए।
विद्यार्थीलाई प्रहरीको दैनिक गतिविधिबारे प्रत्यक्ष बुझाउने उद्देश्यले कार्यालयअन्तर्गतका विभिन्न शाखाहरूको अवलोकनसमेत गराइएको थियो। यस्ता कार्यक्रमहरुले विद्यार्थीमा सुरक्षा सचेतना, कानूनी ज्ञान, र समुदाय–प्रहरी सहकार्य प्रवर्द्धन हुने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।







