मकवानपुरमा लडेर एक जनाको मृत्यु

जनपत्र
१४ मंसिर २०८२, शनिबार १९:१७

हेटौंडा । मकवानपुरको थाहा नगरपालिका–४ ठूलोमार्खुमा एक जना पुरुषको लडेर मृत्यु भएको छ। कैलाश गाउँपालिका–५ ठोस्ने घर भई ज्ञानमाया लामाको घरमा खेतीपाती गर्दै बस्दै आएका ४८ वर्षीय मानबहादुर जिम्बाको लडेर मृत्यु भएको हो ।

उनको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनास्थल सिमभन्ज्याङबाट करिब ५ किलोमिटर पूर्व पर्ने प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*