हेटौंडामा लागूऔषध १५ हजार ट्रामाडोल क्याप्सुलसहित अटो चालक पक्राउ

जनपत्र
१२ मंसिर २०८२, बिहीबार १७:५८

हेटौंडा । मकवानपुरमा ठूलो परिमाणको लागुऔषधसहित एक अटो चालक पक्राउ परेका छन्। आज बिहान राप्तिरोडबाट थानाभर्‍याङतर्फ गइरहेको बा प्र ०३–००१ ह ०१२६ नम्बरको अटो प्रहरी टोलीलाई देख्नेबित्तिकै भागेपछि शंका लागेर प्रहरीले पछ्याइ खोजतलास गरेको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले अटोको पछ्याइ गर्दै जाँदा हेटौडा उपमहानगरपालिका–१, तरकारी बजार क्षेत्रमा सो अटोलाई फेला पारी चालकलाई नियन्त्रणमा लिएको हो। चालक हेटौडा उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय सोनम मोक्तान रहेका प्रहरीले जनाएको छ।

मोक्तानको रितपूर्वक खानतलासी गर्दा अटोभित्र लुकाइ राखिएको अवस्थामा लागुऔषध ट्रामाडोलका १५ हजार ९६० क्याप्सुल फेला पारेका थिए। प्रहरीले लागुऔषध तथा अटो दुवै बरामद गरी मोक्तानलाई नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका मोक्तानविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा थप अनुसन्धान र कानूनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*