शारदा माविको स्वर्ण महोत्सव आजबाट सुरु, मुख्यमन्त्री बानियाँद्वारा उद्घाटन्

जनपत्र
२ मंसिर २०८२, सोमबार १७:२६

हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर–५ धादिङमा रहेको शारदा माध्यमिक बिद्यालयको स्वर्ण महोत्सवका कार्यक्रम आजबाट सुरु भएको छ । स्वर्ण महोत्सवको सप्ताहव्यापी कार्यक्रमको आजबाट सुरुवात गरिएको हो । स्वर्ण महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले उद्घाटन् गरे ।

कार्यक्रममा बोल्दै बानियाँले अबको शिक्षा भनेको देश भित्रै र बिदेशमा समेत जागिर पाउने शिक्षा आवस्यक रहेको बताए । प्रावविधिक शिक्षा अहिलेको आवस्यक्ता भएकाले यसका लागि विद्यालयलाई आवस्यक सहयोग गर्न प्रदेश सरकार तयार रहेको उनले बताए । पहिलेको परम्परागत शिक्षा भन्दा पनि प्रविधिसंग जोड्ने खालको शिक्षा आवस्यक रहेको उनले बताए ।

शिक्षाले मानिसलाई दक्ष बनाउने बताउँदै मुख्यमन्त्री बानियाँले भने–‘अब सिक्दै पढ्दै र काम गर्न सक्ने खालको शिक्षा आवस्यक रहेको छ । त्यही अनुसार बिद्यालयहरुले पनि प्रयास सुरु गर्नुपर्छ ।’

कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, निबर्तमान अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मान कुमारी पाख्रिन नेपाली, बिद्यालयका पूर्व अध्यक्ष बलराम घिमिरे लगायतकाले मन्तब्य व्यक्त गरेका थिए । कार्यक्रममा बिद्यालयका शिक्षक तथा शिक्षिकाहरुलाई सम्मानित गरिएको थियो ।

बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष युवराज सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यालयका प्रधानध्यापक इन्द्र बहादुर कार्कीले सहभागिहरुलाई स्वागत गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*